धारिलाे हतियार प्रयाेग गरी हत्या

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैयामा विहीबार राति एक जनाकाे हत्या भएकाे छ ।

घरमा सुतिरहेका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो। इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इन्सपेक्टर गोविन्द कुमार साहका अनुसार घटना राति ११-१२ बजेको बीचमा भएको हुनसक्छ ।

घटनापछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि खबर गर्नासाथ प्रहरी घटनास्थल पुगेको इन्सपेक्टर साहले बताए । सुतिरहेका कानुलाई हत्या गर्दा कुनै छिमेकीले समेत थाहा पाउन सकेनन् ।

घटनाबारे पहिलो जानकारी पाउने मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा तत्काल बढी सोधपुछ गर्न नसकिएको इन्सपेक्टर साहले जानकारी दिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीमप्राप्त कुकुर झिकाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button