विद्युतकाे ट्रान्सफर चाेरी गर्ने गिराेह पक्राउ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

पछिल्लो लामो समयदेखि रौतहटको विभिन्न स्थानबाट विद्युत ट्रान्सफर चोरी गर्न सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ।

जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान रहेकाे विद्युत ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले एकपछि अर्काे लगातार चोरी गर्ने गिरोहका ४ जनालाई अनुसन्धानको आधारमा ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भासेढवाका वर्ष ४६ का रामलाल महतो, सोही ठाउँका वर्ष ३६ का वीरेन्द्र राय यादव, वर्ष ३७ का सुखल महतो रहेकाे ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्सपेक्टर अरबिन्द कुमार साहले बताए ।

उनीहरूको साथबाट प्रहरीले एकथान मोटरसाइकल, एकथान स्कुटी, एकथान आइफोन र ३ थान अन्य कम्पनीको मोबाईल बरामद गरेको छ । आरोपहरुको बयानको आधारमा प्रहरीले गरुडा नगरपालिका ४ का लाक्षमी प्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाड पसलमा प्रहरिले आईतवार छापामारी गरेको थियो ।

छापामारीको क्रममा विद्युत ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार लगाएतको सामग्री ठूलो मात्रामा बरामद गरेको छ। तामाको तारको चुडी १५ थान (१७६ ) किलोग्राम, तामाको कवायल रोल १५ थान (१२९) किलोग्राम, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्सपेक्टर अरबिन्द कुमार साहले बताएका छन।
छापामारीको क्रममा कवाड पसल सञ्चालक चौधरी फरार रहेका इन्सपेक्टर साहले जानकारी दिएका छन् ।

पक्राउ परेका चारैजना माथी चोरी सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाले जनाएको छ।
पछिल्लाे दुईवर्ष देखि रौतहटमा यस्ता चोरको गिरोह सक्रिय भएर दर्जनौं स्थान बाट विद्युत ट्रान्सफर चोरी गरिसकेका छन् ।

एउटा ट्रान्सफर्मर बाट हजारौँ रुपैयाँ बराबरको तामाको तार निस्कने हुँदा ईनीहरू व्यवसायिक रुपमा चोरी गर्ने गरेका छन् । पक्राउ परेपनि सामान्य चोरी मुद्दा चलाउँदा कैयौं आरोपी अदालतमा धरौटीमै छुट्ने हुँदा ट्रान्सफर्मर चोरी नियन्त्रण हुन नसकेको जानकारहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button