तापक्रम ४२ डिग्री पुग्ने, अरु तीन दिन वीरगंजमा गर्मी हुने

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

देशकै आर्थिक नगरी वीरगंजमा बिहानै तापक्रम ३२ डिग्री पुगेको छ । अत्यधिक गर्मी भएपछि सर्वसाधारण बाहिर निस्कन पनि समस्या भएको छ । र, वीरगंजमा अरु ३ दिन गर्मी हुने प्रक्षेपण गरिएको छ ।

बुधबार बिहान ८ बजे नै ३२ डिग्री तापक्रम भएको वीरगंजमा दिउँसो अरु १० डिग्री तापक्रम बढेर ४२ डिग्री पुग्ने प्रक्षेपण छ । ४२ डिग्री गर्मीले जनजीवन अत्यधिक आकुलव्याकुल हुने अवस्था आउने छ ।

उसो त बिहीबार र शुक्रबार झन वीरगंजमा गर्मी बढ्ने प्रक्षेपण गरिएको छ । बिहीबार र शुक्रबार वीरगंजको तापक्रम ४३ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ । शनिबार र आइतबार भने वीरगंजको तापक्रम १ डिग्री घटेर ४२ मा रहने प्रक्षेपण छ । प्रचण्ड गर्मीमा काम नपरी बाहिर ननिस्कन, छाता ओढ्न, घामबाट जोगिन, प्रशस्त पानी पिउन, चिसोमा बस्नु नै उचित हुनेछ । दिउँसो चल्ने तातो हावाले लु हुन सक्ने र अरु बिरामीको लक्षण देखिन सक्ने भएकाले सावधानी अपनाउन जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button