बामपन्थी नेता नेपाली साहको ८० वर्षको उमेरमा निधन

[mashshare]

मधेशदृष्टि
रौतहट, २ जेठ।
बामपन्थी विचारका नेता नेपाली साहको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ।

रौतहटको कटहरीया नगरपालिका ५ घर भएका साहको उपचारको क्रममा काठमाण्डौ स्थित शिक्षण अस्पतालमा निधन भएको हो। लामोसमय देखि श्वास प्रश्वासको रोग बाट ग्रसित उनलाई उपचारको निमित एकसाता अघि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। मृतक नेता साहको पार्थिव शरीर काठमाण्डौ बाट घर ल्याएर भोलि लालबकैया नदि किनारमा अन्तेष्टी गरिने उनका छोरा रामजीवन साहले बताएका छन्।

रौतहटका बामपन्थी नेता स्वर्गीय हरीदयाल महतो , स्वर्गीय शेख फरमानको सानिध्यमा रहेर नेता साह लामो समय देखि बामपन्थी राजनीति गर्दै आएका थिए। रौतहटकै बामपन्थी नेताद्वय बिष्णु बहादुर मानन्धर, माधव कुमार नेपालको निकट रहेका थिए। पछिल्लो समय उनि अर्का बामपन्थी नेता प्रभु साह लाई विगत दुई चुनाव देखि सघाउँदै आएका थिए। २०५४ साहको स्थानिय निर्वाचनका स्वर्गीय नेपाली साह नेकपा एमालेको टीकट बाट तत्कालिन कटहरिया गाविस वडा ५ को वडा अध्यक्षमा निर्बाचित भएका थिए। स्वर्गीय नेता साहको तीनजना छोरा रहेका छन्।

यसैबीच पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले उनको निधन प्रति दुःख ब्यक्त गरेका छन्। उनले एक शोक विज्ञप्ति जारी गर्दै नेता साहको निधनले सिङ्गो पार्टी लाई अपूरणीय क्षति भएको उल्लेख गर्दै मृत आत्माको शान्तिको कामना गरेका छन्।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button