BREAKING NEWS युवकको विभत्स हत्या, शंकास्पद तीन पक्राउ

[mashshare]

विनय कर्ण
सप्तरी ।

रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।

रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडकखण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका–२ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।

मृतकका आफन्त । तस्बिरः विनय कर्ण/मधेशदृष्टि

तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

अहिले प्रारम्भिक अनुसन्धान भइरहेकोले पछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनको भनाइ छ । यसैबीच, प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button