
–डा. युवराज संग्रौला
१. पहिलो चरणमा, अपराधीहरु एक्लाएक्लै अपराध गर्न छोडेर, संगठित ग्याङ निर्माण गर्छन् र १लागू पदार्थ, हप्ता असुली, एवम् कसैसँग पैसा लिएर उसका पक्षमा संगठित बलको सहयोग गर्न थाल्छन् ।
२. दोश्रो चरणमा आइपुग्दा, यी ग्याङमा झगडा हुन थाल्छ र ग्याङ फुट्छन् । उनीहरु त्यसपछि राजनीतिक शरणमा पुग्छन् र पार्टी कार्यकर्तामा रुपान्तरित हुन्छन् ।
३. तेस्रो चरणमा पार्टीलाई पैसा लगानी गर्छन्, चुनावमा गुन्डा परिचालित गर्छन्, आर्थिक संस्था निर्माण गर्छन् र नेताहरूलाई पनि समावेश गर्दै लगानी गर्छन्, नेताका पैसा व्यवस्थापन गर्न थाल्छन् । खासगरी नेताका छोराछोरी र आफन्त संलग्न गर्छन् र नेताका माध्यमबाट पार्टीमा राम्रो पकड निर्माण गर्छन्, यसबेलासम्ममा कतिपय नेता र उनका मान्छेलाई समेत संगठित अपराधमा परिणत गर्छन् ।
४. चौथो चरणमामा वित्तीय संस्थामा आफ्नो संलग्नता स्थापित गर्दछन् । अर्कातिर कर्मचारीतन्त्रमा राम्रो सम्बन्ध स्थापित गर्दछन् । यस चरणमा आइपुग्दा यिनीहरु पार्टीमा हाबी भइसकेका हुन्छन् ।
यस बेलासम्म यो समस्याको समाधान सम्भव छ । तर कानुन कार्यान्वयन हुन्न । किनकी वित्तीय संस्थाको यो अवस्था वित्त पुँजीवाद र नवउदारबादका लागि राम्रो कुरा हो ।
५. पाँचौं चरणमा पुग्दा, संगठित अपराधीहरु नीति निर्माण गर्ने निकायमा पुग्छन् । उनीहरुको उपस्थिति अनेक किसिमका आयोग, मन्त्रीका सल्लाहकार, संसद, वित्तीय संस्थाका बोर्डमा हुन्छ । यस अवस्थामा पुग्दा, उनीहरुले पार्टीको लगानीकर्ता, नेताले खाएको घुस र लगानी व्यवस्थापनकर्ता र राष्ट्रमा उनीहरु चिनिएका गण्यमान्य व्यक्ति भइसकेका हुन्छन् ।
यो चरणमा आइपुग्दा पुँजीको ठूलो हिस्सा भूमिगत हुन पुग्छ । यो चरण आएपछि, यो अपराध रोक्न सकिन्न र ठूलो परिवर्तन आवश्यक हुन्छ ।
१. अहिले हुण्डीबाट ठूलो रकम प्रत्येक दिन दोहा जान्छ ।
२. एलसी खुल्छ, सामान बोकेको ट्रक आउँछ, भन्सार पनि तिरिन्छ तर पनि सामान आउँदैन । यो विदेशी मुद्रा विदेश लैजान गरिएको खेल हो । यस समयमा व्यापारी र नेताको सहकार्य हुन्छ । संगठित अपराधी कारोबारका एजेन्टका रुपमा काम गर्छन् ।
३. यस धन्दाले भ्रष्टाचारलाई जताततै फैलाउँछ र कर प्रणालीलाई असर गर्छ । त्यो असर रोक्न सरकार गरिब र कामदारमाथि करको भार थप्छ ।
४. पैसा विदेशिन्छ र यता देशमा लागू पदार्थ र अन्य अबैध धन्दा वृद्धि हुन्छ । अहिले नेपाल लागू पदार्थको केन्द्र बनेको छ । लागू पदार्थको ठूलो अंश दोहा हुँदै नेपाल आउँछ । यताको पैसा पनि दोहा जान्छ । अतः भ्रष्टाचार, पैसा पलायन र लागू पदार्थको सम्बन्ध स्थापित हुन्छ ।
५. यो सबै धन्दाका लागि निजीकरण र नव उदारवाद चाहिन्छ ।
६. निजीकरणवादीहरुले पश्चिमी शक्तिको साथ लिएर नयाँ राजनीतिक शक्ति निर्माण गर्छन् । स्थापित दलका नेतामा भ्रष्टाचार र संगठित अपराध दैनिक क्रिया बन्छ । उनको यो प्रवृत्तिलाई देखाएर समाजमा राजनीतिप्रति विरक्ति पैदा गरिन्छ । यो विरक्तिको विकल्प खोजिन्छ । गगन थापाजीलाई पार्टीबाट विरक्त लाग्छ । पुरानो दललाई पुरानाले कब्जा गर्छन् । नयाँ विकल्पमा लाग्छन् । जनता पुरानालाई चुनावमा पछार्न दौडिन्छन् । विकल्पलाई बोक्ने तागतले निजीकरणलाई बलियो बनाउँछ ।
संगठित अपराधको बढ्दो प्रवृत्तिको पहिला नै अध्ययन गरी छलफलमा ल्याइएको थियो । संगठित अपराध नवउदारवादको नीति अन्तर्गत मौलाएको थियो भन्ने अहिले प्रमाणित भएको छ । तर देशमा नेतालाई भ्रष्टाचार र युवाको ठूलो जमातलाई भ्रम पन्डित्याइँ (स्युडो नोलेजले) ग्रस्त पारेको छ । विकल्प केबल उत्पान्दनमुखी अर्थतन्त्र, देशभक्तिपूर्ण सोच र सामुहिकीकरणलाइ प्रवद्र्धन गर्ने वित्त नीतिमा विश्वास गर्ने शक्ति मात्र हो । यस्तो शक्ति वैज्ञानिक जागरण भएको जमातले मात्र निर्माण गर्छ ।
(संग्रौला पूर्व महान्यायाधीवक्ता हुन्, सामग्री उनको फेसबुकबाट लिइएको हो)





