ट्रष्टद्वारा सामुहिक विवाह

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

रघुवीर राम मेमोरियल ट्रष्टले बिहीबार सामुहिक विवाह समारोह गरेको छ ।
नवविवाहित वरबधुलाई बधाई तथा शुभकामना पनि दिइएको छ ।

यस्तो आदर्श विवाह निःशुल्क सम्पन्न हुने, एउटै मञ्चबाट विभिन्न समुदायको सहभागिताले सामाजिक भावना पनि बढ्ने बताइएको छ । कार्यक्रमले दाइजो प्रथाको कुरिती हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस्तो विवाहले सामाजिक सद्भाव बढाउन पनि मदत गर्ने ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक डा. विश्वम्भर कुमार शर्माले बताए । उनले भने, ‘यस्तो पुण्य कार्यमा सबैको साथ, सहयोग रहनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button