सहायक प्रबन्धक भगत सम्मानित

[mashshare]

मधेशदृष्टि
काठमाडौँ, २४ वैशाख ।

काठमाडौँ सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयका सहायक प्रबन्धक अमीत कुमार भगत नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकत्सवमा चितवन सौराहामा आयोजित कार्यक्रममा उनी नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट कार्यसम्पादन मू्ल्यांकनका आधारमा उनी पुरस्कारका लागि छनौट भएका थिए । बैंकका महाप्रबन्धक बलराम पाठकले उनलाई नगद २० हजार तथा बैंक सेवा पुरस्कारबाट प्रमाणपत्रसहित सम्मानित गरे ।

जनकपुर उमहानगरपालिका–१० का भगत २०७४ पुसमा बैङ्किङ सेवामा प्रवेश गरेका थिए । हाल उनी वाणिज्य बैंकको केन्द्रीय कार्यालयअन्तर्गत संस्थागत साना तथा मझौला कर्जा विभागमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button