
मधेशदृष्टि
वीरगंज, २३ वैशाख ।
मधेश प्रदेशका किसानलाई कृषिमा अनुदान र वीमाबारे मन्त्रालयले ध्यानाकर्षण गराएको छ । राज्यले दिने सुविधा लिन र लाभ उठाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वशन्तकुमार कुशवाहाले आग्रह गरेका छन् ।

सरकारले कृषि उत्पादन, पशुपंछी तथा मत्स्यपालनमा ८० प्रतिशत अनुदान दिइरहेको छ । यो अनुदान कसरी लिने भन्ने जानकारी किसानमा नभएको पाइएको छ । अनुदानबारे जानकारी दिँदै मन्त्री कुशवाहाले भनेका छन्, ‘जानकारी नै नभएर अन्योलमा परेका किसानहरुलाई अनुदान, वीमा शुल्क एकदम कम छ, धेरै लाभ लिन सकिन्छ भनेर सचेत गराउन जरुरी देखिएको छ ।’
किसानले वीमा र अनुदानबारे पाउने सुविधाबारे जानकारीः
मानौँ एउटा किसानले १ लाख रुपैयाँको भैँसी किनेमा, के के गर्नु पर्छ ?
क. भैँसीको मूल्यः १ लाख रुपैयाँ
ख. ५ प्रतिशत वीमा शुल्कः ५ हजार रुपैयाँ
ग. सरकारको अनुदानः ४ हजार रुपैयाँ
घ. किसानले तिर्नु पर्नेः १ हजार रुपैयाँ
ङ. वीमा कम्पनीको शुल्कः १५० रुपैयाँ
च. जम्मा किसानले तिर्नुपर्नेः १ हजार १ सय ५० रुपैयाँ
सबै वीमा, अनुदानमा यस्तै सुविधा छन् । किसानले मधेश प्रदेशमा आफूलाई पायक पर्ने निम्न जिल्लाहमा सम्पर्क गर्न मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले आग्रह गरेका छन् ।
कहाँ सम्पर्क गर्ने ?
क. सप्तरीः ओरिएन्टल कम्पनी
१. मनोज मेहताः ९८४२८५१९६०
२. रवीन्द्र यादवः ९८४०४९४४४०
३. चन्द्र नारायण पण्डितः ९८४१०६४५३४
ख.सिरहाः जनरल इ. कम्पनी
१. रामकुमार साहः ९८०१९५६६०३
ग. धनुषाः आइएमइ कम्पनी
१. नवीन कुशवाहाः ९८१२००७८४६
२. राम नारायणः ९८०४८४०६९९
३. रञ्जीतः ९८०९६०३६२६
घ. महोत्तरीः आएइमइ कम्पनी
१. अजय साहः ९८०७६३६३५३
ङ. सर्लाहीः सिद्धार्थ कम्पनी
१. रमेश तिमिल्सिनाः ९८५४०३७२१८
च. रौतहटः अजोड कम्पनी
१. प्रभु चौधरीः ९८५५०४३९१८
२. मुकेश सिंहः ९८६५३१९०६३
छ. बाराः हिमालय कम्पनी
१. श्रीराम रेग्मीः ९८५५०१५७२०
ज. पर्साः हिमालय कम्पनी
१. आरबी महतोः ९८०२३१५९३७
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वीमा तथा अनुदानबारे कुनै जानकारी चाहिए, समस्या परे नजिकको कृषि सेवा केन्द्रमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।






