मधेश प्रदेशका जिल्लाहरू हात्ती पाईले रोगको उच्च जोखिममा

[mashshare]

मधेश प्रदेशका जिल्लाहरू हात्ती पाईले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेको हात्ती पाईले रोगी मध्ये धेरै रोगीहरू भरतको विहार, उत्तर प्रदेशमा रहेको हुँदा नेपालको सिमा क्षेत्रको जिल्लाहरु उच्च जोखिममा रहेका छन ।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा नेपालमा पनि हात्ती पाईले रोगीको सङ्ख्या ३० हजार रहेको छ । नेपालमा पाईने रोगी मध्ये धेरै रोगीहरू तराई मधेशका जिल्लाहरूमा नै हुने अनुमान गरिइएको छ ।

मधेश प्रदेशका कतिपय जिल्लाहरूमा १० पटकसम्म हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउँदा पनि रोगीहरू फेला पर्न रोकिएको छैन । यस पटक अभियानको रुपमा नै फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्ती पाईले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।

२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले जानकारी दिनु भएको छ । ११ गतेबाट वारा, पर्सा, रौतहट, धनुषा लगायतका जिल्लाका सबै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको छ । विश्व स्वास्थ्य सङ्गठनले उचाइका आधारमा औषधि खुवाउनका लागि निर्देशन दिइएका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button