
२०७९ फाल्गुन ७ रौतहटको मौलापुरमा गत फागुन ५ गतेबाट सुरु भएको मधानी महोत्सव २०७९ को आज समापन भएको छ ।मौलापुर स्थित पतौरामा रहेको प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य सहित मौलापुर नगरपालिकाद्वारा आयोजित सो महोत्सवमा अन्तर्राष्ट्रीय दंगाल तथा तथा तराइ मधेसमा लोकपीय रहेको कुस्ती प्रतियोगिताको आयोजना गरीएको थियो।
कुस्ती प्रतियोगीतामा नेपालका लोकप्रिय पहलवान देवा थापा लगायत नेपाल–भारतका सुप्रसिद्ध खेलाड़ी एवं महिला पहलवानहरुको बेजोड़ प्रस्तुति रहेको थियो । यो महोत्सवले रौतहटको ऐतीहाँसीक शिव मन्दिरलाइ धामीैक तथा सांस्कृतीक रुपमा विस्वमाझ चिनाउने विस्वास मौलापुर नगरपालीकाकी प्रमुख रिना कुमारी शाहले व्यक्त गर्नुभयो।
सो अवसरमा मधानी महोत्सवमा भोजपुरी सीनेमाका सुपरस्टार पवन सिंह,काजल रागवानी, ख्यातीप्राप्त नेपाली गायीका एन्जिला रेग्मी लगायत सुप्रसिद्ध कलाकारहरुले सांस्कृतीक प्रस्तुती दिएका थिए ।
३ दिन सम्म संचालन भएको महोत्सवले तराई–मधेश क्षेत्रको विभिन्न सम्पदाहरु तथा यहाँको प्राचीन एवं मौलिक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रबर्द्धन गर्न विशेष सहयोग पुग्ने विस्वास नगरप्रमुख साहले व्यक्त गर्नुभयो।






