नेता नेपालले जुस खुवाएर सहनीको अनशन तोडे

[mashshare]

विकास अग्रवाल
रौतहट, ४ फाल्गुन । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुल निमार्णको माँग गर्दे विगत चार दिन देखि आमरण अनशनमा बस्दै आएका स्थानीय सञ्जय सहनीलाई बिहिवार जुस खुवाएर अनशन तोडाएका छन् ।

सडक विभागको टोलीले आउँदो डेढ वर्षमा पुल निमार्ण गर्ने लिखित सहमति जनाएपछि पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले अनशनकर्ता सहनीलाई जुस खुवाएर अनशन तोड्न लगाएका हुन् ।

गौर नगरपालिका ४ स्थित लालबकैया नदीमा गौर र इशनाथ नगरपालिका जोड्ने पक्की पुलको ठेक्का सकार गरी विगत ९ वर्ष देखि कार्य अलपत्र छाडेको भन्दै तत्काल निमार्ण गर्न माँग गर्दे सहनी अनशनमा बसेका थिए । अनशनकर्ता सहनीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा .संघीय सडक विभागको टोली सहित पुर्व प्रधानमन्त्री नेपाल अनशन स्थलमा पुगेका थिए ।

संघीय सडक विभागका प्रमुख डा. विजय जय सिंहले निमार्ण व्यवसायीलाई कारबाही प्रकृया अघि बढाउने तथा पुन ठेक्का लगाएर आउँदो डेढ वर्ष भित्र पुलको निमार्ण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो । चैत्र महिना भित्र टेण्डर लगाएर जेष्ठ महिना भित्र आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्ने प्रमुख सिंहले बताए । असारमा वर्षायाम सुरु हुने भएकोले कुनै पनि निमार्ण व्यवसायीले काम गर्ने अवस्था नभएकोले असोज कार्तिक देखि निमार्ण कार्य सुरु भई आउँदो आर्थिक वर्षको अन्त्यसम्म निमार्ण कार्य सम्पन्न हुने प्रतिबद्धता जनाएका थिए ।

यस्तै पुल महाशाखाका प्रमुख उमेश विन्दु श्रेष्ठले चैत्र महिना भित्रसम्ममा कार्यालयको आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी टेण्डर आह्वान गरेर ठेक्का लगाईसक्ने दाबी गर्नुभयो । गुणस्तरहीन निमार्ण भएको स्थानमा पुन तोडेर नँया निमार्ण गर्ने तथा अलपत्र अवस्थामा छाडेर फरार भएका निमार्ण व्यवसायीलाई कडा कारबाही गरी जरिवाना असुल उपर गर्ने चेतावनी समेत दिए ।
अनशनकर्ता सहनीले चालु आर्थिक वर्ष भित्रै निमार्ण कार्य सम्पन्न हुनुपर्ने माँग राखेपनि टोलीले यो सम्भव नभएको जिकिर गरेका थिए । हामीलाई डेढ वर्षको समय दिनुस पुल महाशाखाका प्रमुख श्रेष्ठले भने हामीले कडा निगरानीका बिचमा गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए ।

अनशनकर्ता र विभागको टोलीबीच लिखित सहमती भएपछि रौतहट क्षेत्र नम्बर एकका प्रतिनिधी सभा सदस्य तथा पुर्व प्रधानमन्त्री नेपालले सहनीलाई जुस खुवाएर अनशन तोड्न लगाएका थिए । जुस खाएर अनशन तोडेका अनशनकर्ता सहनीले लिखित सहमति अनुसार समय सीमा भित्र कार्य सम्पन्न नभए आत्मदाह गर्ने चेतावनी दिए ।

अनशन स्थलमा पुर्वप्रधानमन्त्री नेपालले आन्दोलनरत सहनीको माँग पुरा गराउन आफु हरसम्भव प्रयास गर्ने बताउँदै आउँदो डेढ वर्ष भित्र पुलको निमार्ण कार्य सम्पन्न गर्ने लिखित सहमतिको म स्वयम साक्षी रहेको छु । मेरो क्षेत्र भित्र पर्ने यो पुललाई निमार्णका लागि सडक विभागले बदमासी गरे सरकार देखि संसदसम्म आवाज उठाईरहने प्रतिबद्धता गरे ।

रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेका नेता किरण साहले रौतहट क्षेत्र नमबर एक र दुईको सीमा लालबकैया नदीको पुललाई गुणस्तरीय र चाडै निमार्ण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पुल निमार्णका लागि जनताहरु जागिसकेकोले अब कसैले रोकेर नरोक्ने बताउँदै नेता साहले जनताहरुकै कारण नेताहरुमा सदबुद्धि आएको बताए ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button