पर्सामा प्राविधिक शिक्षकहरुले समिति गठन गरेका छन् ।

[mashshare]

वीरगंज । पर्सामा प्राविधिक शिक्षकहरुले समिति गठन गरेका छन् । पर्सामा कार्यरत प्राविधिक शिक्षकहरुकाे एक भेलाले टेक्निकल टिचर एसोशिएसन (टिटिए) पर्सा गठन गरेका हुन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा रहेकाे श्री नृसिंह माध्यमिक विद्यालयमा भएकाे भेलाले संजय कुमार सक्सेनाकाे अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति गठन गरेकाे हाे ।

नवगठित समितिकाे उपाध्यक्षमा अजय कुमार महताे, सचिवमा सराेज कुमार उपाध्याय, सह सचिवमा राहुल कुमार साह, काेषाध्यक्षमा अभिषेक यादव, सदस्यहरुमा संताेष साह, श्याम सुन्दर कुशवाहा, सनसुदिन अन्सारी, विकास पटेल, मुकेश कुमार महताे, धर्मनाथ कुमार झा सर्वसहमत चयन भएका छन् ।

टिटिए मधेश प्रदेशका सचिव अनन्त कुमारको अध्यक्षता र टिटिए मधेश प्रदेशका संस्थापक सचिव इ. राजेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलाकाे सहजिकरण प्राविधिक शिक्षक राहुल साहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button