गौशाला नपाका स्थानीयलाई पिउने पानीको समस्या

[mashshare]

मधेशदृष्टि
महोत्तरी, २४ माघ । महोत्तरीस्थित गौशाला नगरपालिकाका स्थानीयलाई पिउने पानीको समस्या भएको छ ।
बोरिङको सतह फुटेपछि करिब चार सय घरधुरी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका छन् । सो नगरपालिकाका वडा न.१२ को कान्तिबजार, नयाँ टोल, परहडिया, पुरानो कान्ति बजार लगायतका स्थानीयवासीहरु धमिलो र दूषित पानी पिउन बाध्य भएका स्थानीय हृदय सिंह कुशवाहाले बताएका छन् ।

आइतबारबाट नगरपालिकाले पिउने पानीको लागि ट्याकंरबाट व्यवस्था गरेपनि त्यो पर्याप्त नहुँदा स्थानीय समस्या परेका हुन । कुशवाहाले भने ‘नगरपालिकाले ल्याएको ट्याकंरको पानी पहुँचवालाहरुले मात्र पाएका छन्, पालिकाले तत्काल स्वच्छ खानेपानी व्यवस्था नगरेर स्थानीयवासीमा स्वास्थ्यमा समस्या देखिन सक्छ ।’

यता वडा अध्यक्ष कुशेश्वर सिंहले भने स्थानीयहरुको धारामा धमिलो दुषित पानी आए पनि पिउने पानीको समस्या नरहेको दाबी गरेका छन् । ‘बोरिङ अनुगमनको लागि जाँदा पिँधमा फुटेको देखियो, उनले भने, ‘त्यही बोरिङलाई मर्मतसम्भार गर्न सक्ने अवस्था नरहेकाले नयाँ बोरिङको प्रक्रियामा छौँ ।’

दुषित पानीको कारण स्थानीयमा स्वास्थ्यमा समस्या देखिन थालेको छ । परहडियाका केही स्थानीयहरुमा झाडापखाला, रुघाखोकी जस्ता समस्या देखिन थालेको दिपलाल महतोले जानकारी दिए । पानीको समस्या समाधानका लागि नगरपालिका जाँदा त्यहाँ उल्टै गाली गर्ने गरेको स्थानीयको भनाईछ । पिउने पानी जस्तो गम्भीर विषयमा स्थानीय सरकारले बेवास्ता गरेको बताउँदै स्थानीयले तत्काल समस्या सावधानको लागि पहलकदमी लिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

धमिलो र दूषित पानीको मुख्य दोषी खानेपानी उपभोक्ता समितिलाई दिँदै स्थानीयहरुले वडा अध्यक्ष आफै अध्यक्ष रहेको उक्त समितिले उपभोक्ताहरुको हित अनुकुल काम नगरेको हुनाले नै यस्तो अवस्था
खानेपानी बोरिङलाई केही स्थानीयहरुले राती चोरेर सिंचाइमा प्रयोग गर्ने र मोटर लगाएर निकाल्ने गरेको हुनाले फिल्टरमा समस्या भएर इनार काम नलाग्ने भएको स्थानीय हृदय सिंह कुशवाहाले बताएका छन् । गौशालामा पानीको समस्या भएको यो पहिलोपटक भने होइन । यसअघि गैरिटोलमा पनि विद्युत् प्राधिकरणबाट लाइन काटेपछि पिउने पानी समस्या भएको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button