फुलतारा डेरि संचालक माथि कडा कार्वाही गर्न राप्रपा रौतहट अध्यक्ष सत्येन्द्र सिंहको माग

[mashshare]

माघ। २२
अखाद्य बस्तु प्रयोग गरेर डेरि संचालन गरेका फुलतारा डेरि उधोग गौरका संचालक माथी राप्रपा रौतहटका अध्यक्ष सत्येन्द्र सिंहले कडा कार्वाहीको माग गरेका छन ।

हाल प्रहरी हिरासतमा रहेका संचालक सहित चारैजनालाई कार्वाही बाट जोगाउने षड्यन्त्र भैरहेको भन्दै राप्रपाले त्यसोभएमा कडा आन्दोलन गर्ने अध्यक्ष सिंहले चेतावनी समेत दिएका छन ।

प्रहरी तथा स्थानीय प्रशासन लाई खबरदारी स्वरुप
फुलतारा डेरी उधोगको बिरोधमा आज दिउँसो १ बजे जिल्ला सदरमुकाम गौरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता तथा स्थानीय मिलेर बिरोध प्रदर्शन गर्दैछन। रामजानकी धर्मशालामा भेला भई त्यहाँबाट बिरोध रैली सहित जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला अदालत कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर हुदै बिपी चौकमा कोणसभामा परिणत हुने कार्यक्रम भएको हुनाले यसमा सबैले आ(आफ्नो सहभागीता जनाउन राप्रपा रौतहट अध्यक्ष सत्येन्द्र सिंले आग्रह गरेका छन् ।

गाई, भैंसी, केमिकल लगायत अन्य अखाद्यय बस्तु मिसावट गरि दही, दुध, घ्यू, पनीर, मिठाइ सहित विभिन्न खाने कुरा बनाएर हिन्दु धर्मको आस्था माथि ठूलो आघात पुर्‍याउने उदेश्यले हिन्दु बिरोधी तत्वले फुलतारा डेरि संचालन गर्दै आएको सिंह को दाबी छ।

उक्त डेरि बाट हिन्दु समुदायले आफ्नो घरको पुजा अर्चनाको लागि निर्धक्क भई छठ पुजा, दिपावली पुजा, अठजाम, लखराव, हनुमान राधना, सरस्वती पुजा, विस्वकर्मा पुजा लगायत त्यौहारमा दही, दुध, घ्यू, पनीर, मिठाइ लगिरहेको थियो।त्यतिमात्र नभै त्यहाँ बाट उत्पादित घिउ राजधानी काठमाडौ लगायत देशको विभिन्न सहरहरूमा सप्लाई हुंदैआएको थियो ।

गत १७ गते प्रहरीले रौतहटको सदरमुकाम गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा पशुको बोसो सहित ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको थियो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलिले डेरि उधोगमा
भैंसी तथा अन्य पशुको बोसो र बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य बस्तुहरु ठूलो परिमाणमा बरामद गरेको थियो ।

प्रहरी टोलिले डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाह, त्यहाँ कार्यरत २ जना कामदार र एक महिला सहित ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

लगत्तै बरामद अखाद्य बस्तुलाई जांचको लागि नापतौल तथा गुणस्तर बिभाग हेटौंडा पठाएको प्रहरीले सार्वजनिक गरेको थियो । गुणस्तर बिभाग बाट आउने रिपोर्टको आधारमा आरोपिमाथी कडा कार्वाही गरिने सिडियो धर्मेन्द्र कुमार मिश्र र एसपी वीर बहादुर बुढामगरले प्रतिबद्धता जनाएका थिए ।

राप्रपा अध्यक्ष सिंहले पक्राउ परेका डेरि संचालकले स्थानीय प्रशासन लाई प्रभावमा पारेर फुत्किन खोजेको तथा विभिन्न चलखेल भैरहेको आशंका गरेका छन ।रौतहट प्रहरी प्रमुख एसपी बुढामगरले सिंहको आशंका निराधार रहेको भन्दै गुणस्तर बिभाग बाट आएको रिपोर्ट आज हेरर सिडियो मिश्र,सरकारी वकिलको सल्लाह अनुसार कडा कार्वाहीको प्रक्रिया सुरुगर्ने पुनः प्रतिबद्धता जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button