
मिश्रीलाल मधुकर
जनकपुरधाम, १९ माघ । भगवान श्रीरामको बाल प्रतिमा बन्ने नेपालको काली गण्डकीबाट निकालिएको देवशिला (शालीग्राम पत्थर) कडा सुरक्षाबीच जनकपुरधामबाट मंगलवार भारतको अयोध्या पुगेका छन् ।
काली गण्डकीबाट अयोध्या लग्न जनकपुरधामको जानकी मन्दिरमा आएको बेला देवशिला लिन अयोध्याबाट राम मन्दिर निर्माण समितिका सचिव महन्त चंपक रायको नेतृत्वमा आएका प्रतिनिधिलाई महन्त राम तपेश्वरदास वैष्णव, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, जनकपुरधामका मेयर मनोजकुमार साह लगायत जनकपुरधामका साधु–संतहरूले स्वागत गरेका थिए ।
सोमबार जानकी मन्दिरबाट अयोध्याका लागि हिडेंको सो देवशिला सीमावर्ती क्षेत्र जटही, फुलहर हुँदै राति २ बजे मुजफ्फरपुर जिल्लाको कान्तिमा पुगेर सीमानामा पुगेको थियो । मंगलबार दिउँसो १२ बजे शिला कांटीबाट गोपालगञ्ज पुगेको थियो । राजन तिवारी निवासमा भोजन गरेपछि शिला १० बजे राति गोरखपुरको गोरखनाथ मन्दिर पुग्यो ।
बुधबार बिहान सीताको मुर्ति बन्ने सो देवशिलाको पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णव र जनकपुरधामका मेयर मनोजकुमार साहले हवन गरेका थिए । ट्रकमा राखिएको भगवान भगवान श्रीराम मूर्ति बन्ने देवशिलाको गोरखनाथ मन्दिरका पुजारीहरुले पूजा गरेका थिए । जनकपुरधामबाट शिलासँगै हिँडेका मानिसहरूलाई गोरखनाथ मन्दिरले सम्मान गरेको थियो । शिला करीब दस बजे अयोध्या प्रस्थान गरिन् ।
बिहीबार जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णव, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, जनकपुरधामका मेयर मनोजकुमार साहले संयुक्त रुपमा राम मन्दिर निर्माण समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । जनकपुरधाम र अयोध्याको बीचमा शिलालाई भव्य स्वागत गरिएको थियो । हजारौँ महिला–पुरुषले सडकमा पुष्पवृष्टि गर्दै स्वागत गरेका थिए ।






