७१ लाख बढी मूल्यको सामान लोडसहित ट्रक नियंत्रणमा

[mashshare]

वीरगंज ।
बारा प्रहरीद्धारा भन्सार छलीका ठूलो मात्रामा विभिन्न भाडा कुठा र खुद्रा सामानहरु पक्राउ गरेको छ । प्रहरीले बिल बिजक भन्दा बढीको भन्सार छलीका सामानहरु पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंंज पथलैया चोकबाट भन्सार छलीका ७१ लाख ७४ हजार मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा जानकारी दिउको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंंज बाराबाट खटिएको प्रहरी टोलीले सामानसहित प्र २–०३–००१ ख २८८८ नम्बरको ट्रक पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । उनका अनुसार वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा ट्रकबाट बिल बिजक भन्दा बढीका ७१ लाख ७४ हजार ५९१ मूल्य बराबरका सामान बरामद भएको हो ।

प्रहरीले ट्रकबाट भाडा कुडा, औषधी, किराना आइटम लगायतका अन्य खुद्रा सामानहरु बरामद गरेको हो । बरामद सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button