माघे संक्रान्तिको अवसरमा प्रभातफेरी र महोत्सव

[mashshare]

वीरगंज ।

वीरगंजमा माघे संक्रान्तिको अवसरमा प्रभातफेरी निकालिएको छ । माघी महोत्सव मूल समारोह समितिको आयोजनामा वीरगंजको घण्टाघरबाट सुरु भएको प्रभातफेरी वीरगंजको आदर्शनगरस्थित स्विमिङ् पुल परिसरमा पुगेर टुङ्गिएको थियो ।

थारु संस्कृति, भाषा, साहित्य, पहिचानको प्रबद्र्धन र जगेर्ना गर्न हरेक वर्ष माघि महोत्सव मनाउँदै आएको सामाजिक अभियानता प्रकाश थारुले बताए ।

प्रभातफेरीपश्चात अहिले माघी महोत्सव भइरहेको छ । महोत्सवको अवसरमा थारु समुदायको पहिरनसँगै खानाका विभिन्न परिकारहरु पनि प्रदर्शनी तथा बिक्रिवितरणका लागि राखिएको छ ।

केकरा, घोंगी, माछाका विभिन्न परिका एवम् हाँसको मासु लगायतका परिकारसँगै थारु समुदायका विभिन्न सामग्री प्रदर्शनीका लागि राखिएको छ । साथै विभिन्न विद्यालयका विद्यार्थीहरुको नृत्य प्रस्तुती पनि राखिएको छ ।

यसका अलावा महोत्सवमा सहभागी व्यक्तिहरुबीच थारु समुदायको नयाँ वर्ष थारु संवत २६४९ को शुभकामना आदानप्रदान गर्ने र भातृत्वको सम्बन्ध बिस्तार गर्न टेवा पुग्ने थारुको बुझाई छ । उनकाअनुसार माघे संक्रान्ति थारु समुदायको मात्रै नभएर सबै नेपालीको एकताको पर्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button