जनकपुर उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष पदमा तिन जनाले आफनो उम्मेदवारी दर्ता गराएका छन् । संघको नयाँ नेतृत्वको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी दर्ता गराउने समय तोकिएको थियो । अध्यक्ष पदमा जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिष रमण साहले उम्मेदवारी दर्ता गराएका छन् । सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन । जितेन्द्र यसअघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालि सकेका छन् भने पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी सदस्य, महासचिव तथा उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् । उम्मेदवारी गराउन उम्मेदवारहरु आ–आफनो समर्थकहरुको जुलुससँग पुगेका थिए ।

उम्मेदवारी दर्ता गराए पछि संचारकर्मीहरुसँग कुरा गर्दै जितेन्द्र साहले आफुहरुले विगतमा समेत अध्यक्षमा उम्मेदवार बनेको र पराजित भएको बताउदै यस पटक भने व्यापारीहरुले आफुलाई जिताउनेमा विश्वस्त रहेको बताए । उनले आफनो उम्मेदवारी व्यापारी संस्थालाई व्यापारीको रुपमा नै रहनको लागि परेको बताउँदै गलत प्रवृतिको विरोधमा भएको बताए । साहले भने, ‘आफु जहिले व्यापार संघमा रहेर विभिन्न पदमा जिम्मेवारी पुरा गर्दै व्यापारीको हितमा र गलत कार्यको विरोधमा काम गर्दै आएका छौँ ,यस पटक समेत व्यापारीको संस्थालाई व्यापारीलाई रहन दिनको लागि उम्मेदवारी दिएको र यस पटकको उम्मेदवारी आफनो अन्तिम उम्मेदावरी रहेको छ ।’

अर्को अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले आफु भन्सार नाकाहरुलाई उद्योग व्यापारी तथा सरकारी नियामक निकायसँग सहकार्यमा चुस्तदुरुस्त बनाई जनकपुरधाम सहित धनुषा जिल्लाकै व्यापारलाई गतिशील बनाउने नीति तर्जुमा गर्ने र धनुषामा रहेका पालिकामा संघको शाखा विस्तार गरिने बताए । उनले अहिलेको सिथिल रहेको व्यापारलाई सबल बनाउनको लागि आफुहरु आफनो तर्फबाट हुने सहयोग गर्ने बताए । भण्डारीले व्यापारको सहज वातावरण बनाउने जिकिर गरे ।

त्यसैगरि अध्यक्ष पदका अर्को उम्मेदवार मनिष रमण साहले जनकपुरधाम आउने पर्यटकहरुलाई सहज वातावरणको निर्माण गरेर उनीहरुलाई टिकाएर यसबाट आर्थिक उपार्जन गर्ने वातावरण बनाउने जिकिर गरे । उनले जनकपुरधाममा अत्याधिक रुपमा हुने गरिएको घरभाडाको वृद्धिको कारणले व्यापारीहरुलाई सबै भन्दा बढि समस्या हुने गरेको बताउँदै घर भाडामा एकरुपता ल्याउनको लागि आफनो तर्फबाट पहल गरिने बताए ।

उम्मेदवारहरुको नामावली
अध्यक्ष
मनिष रमण साह
जितेन्द्र प्रसाद साह
सुरेन्द्रकुमार भण्डारी माली

वरिष्ठ उपाध्यक्ष
मनोजकुमार साह
विकासकुमार चौधरी
अम्भु प्रसाद साह

उपाध्यक्ष
लक्ष्मण साह
विश्वनाथ साह सुडि
महिला उपाध्यक्ष
रिंकु साह
मायाकुमारी
सरिता ठाकुर

महासचिव
फुलदेव पण्डित
गणेशकुमार साह
अशोककुमार चौधरी
सुधिर पंजियार

सचिव
नरेन्द्र विक्रम साह
राकेश पंजियार
श्रवणकुमार साह
गोपि साह

कोषाध्यक्ष
रामचन्द्र पंजियार
मनोजकुमार शर्मा
राकेशकुमार साह
परमेश्वर साह

एसोसिएट सदस्य
दिपककुमार साह
अभिषेककुमार चौधरी

कार्यसमिति सदस्य
रमेश महतो
सन्तोषकुमार गामी
मणिशंकर प्रसाद साह
दुर्गेशकुमार साह
दिप मणि साह
प्रवीणकुमार साह
सुरेन्द्र दास
धर्वेन्द्र साह
गौरीशंकर साह
निरजकुमार साह
रामजिवन साह
राकेशकुमार साह
जिवछ साह
बलरामकुमार साह
धुव्रकुमार साह
सुनिल दास

सम्बद्ध सदस्य
जनकपुर कपडा तथा रेडिमेड
जनकपुर सुनचांदी व्यवसायी संघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button