पार्टीमा हैसियत नभएको व्यक्ति मन्त्री बनेपनि जनताका लागि केहि गर्न सक्दैन: राउत

[mashshare]

तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै अहिले जनता समाजवादी पार्टी (जसपा) नेपालसम्म पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रहेका लालबाबु राउत मधेश प्रदेशमा मुख्यमन्त्रीको रुपमा पाँच वर्ष कार्यकाल पूरा गर्ने नेता हुन् । नेपालको राजनीतिक इतिहासमा ५ वर्ष कार्यकाल पूरा गर्ने नेता भेटाउन मुस्किल छ । देश संघीयतामा गएर प्रदेश सरकार बनेका बेला मधेशको प्रथम मुख्यमन्त्री बनेका उनी आफ्नो कार्यकाल सफल भएको दाबी गर्छन । लालबाबु राउतसँग विभाजन पछि जसपा नेपालको स्थिति, देशको राजनीतिक अवस्था, स्वास्थ्य, शिक्षा, आर्थिक, रोजगार तथा युवा पलायनको विषयमा केन्द्रित रहेको गरिएको कुराकानीको संपादित अंश ।

अहिले के पार्टी कै काम मै व्यस्थ हुनुहुन्छ ?
– राजनीतिमा लागेको मान्छेको मुख्य काम नै जनताको सेवामा लाग्नु हो । त्यतै तिर व्यस्त छु ।

भर्खरै काठमाडौँमा पार्टीको केन्द्रिय कमिटिको बैठक सकिएको छ । मुल निष्कर्ष के निकालियो ?
– अब पार्टीलाई संगठनात्मक रुपमा कसरी बलियो बनाउने, मधेशका मुद्दाहरुलाई कसरी अगाडी बढाउने, हाम्रो यो बैठक राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रिय कमिटिको बैठक बस्यो । सबै केन्द्रिय सदस्यलाई अभियन्ता तोकियो । मुलुकभरी नै हाम्रो जहाँ संगठन छ त्यसलाई मजबुत बनाउने जस्ता निर्णय गरेको छ । संगठन विस्तार, सुदृढिकरण गर्ने निर्णय भएको छ ।

यो बीचमा पार्टीले फुट व्यहोर्यो, कस्तो किसिमको क्षति व्यहोर्नु, पार्टीमा कस्तो प्रभाव परेको छ ?
– स्वभाविक रुपमा पार्टी फुटले क्षति हुन्छ नै । तथापी पार्टी भित्रको जनु मुल संरचना छ । त्यसमा खासै फरक परेको छैन । तपाईलाई थाहा नै छ । पर्सामा हामीसँग काम गरिरहेका प्रदिप यादव जी, वीरगंजका मेयर राजेशमान सिंह जी जानु भयो । उहाँहरु हाम्रो पार्टीबाट जित्नु भएको थियो । उहाँ लगायत केही जिल्ला समितिका साथीहरु जानु भयो, केही क्षेत्रीय साथीहरु जानु भयो । थोरबहुत कार्यकर्ताहरु जानु भयो । तर, केही साथी गरेपनि अधिकांश साथीहरु हामीसँग हुनुहुन्छ । यद्धपि उहाँहरु गएर पनि जिल्लामा कति प्रभाव परेको छ । त्यो हामी सबैलाई थाहा छ । तराई मधेशमा अशोक राई जीको कति प्रभाव छ । राजेन्द्र श्रेष्ठ जीकावे कति प्रभाव छ, त्यो सबैलाई थाहा छ । अरुलाई थाहा नभएपनि मलाई राम्ररी थाहा छ । पार्टी फुट्नु ठिक कुरा त होइन् । पार्टीको नेता हुनुहुन्थ्यो जानु हुँदैनथ्यो । साथीहरु जानु भयो । यसमा मलाई खासै केही भन्नु छैन । जहाँ जानु भयो राम्रो गर्नुस सफल हुनुस् । तपाईलाई थाहा छ, म त यहाँ सुरु देखि नै लागेको मान्छे । पार्टीमा, जिल्लामा को कति बेला आउनु भयो । जो कति बेला पार्टीसँग जोडिनु भयो । त्यो सबैलाई थाहा छ । पार्टी पहिलो चोटी फुटेको होइन् नी, तर फुटेर जानेहरुको अवस्था के छ । उहाँहरु कहाँ पुग्नु भयो ।

सुरुमै हाम्रो पार्टी पहिलो चोटी फुट्दा पर्सा कै हुनुहुन्थ्यो केन्द्रिय उपाध्यक्ष भाग्यनाथ गुप्ता जी, जितेन्द्र सोनल जी, किशोर विश्वास, रामकुमार शर्मा जीहरु उहाँहरु पार्टीको राजनीतिक समितिमा हुनुहुन्थ्यो । समितिमा रहेका सात जना मध्ये चार जना पार्टी फोड्नु भयो । उहाँहरुले त उपेन्द्र यादव जीलाई निष्काशन गर्नु भएको थियो । तर, हेर्नुस् त उहाँहरु अहिले काहाँ हुनुहुन्छ । त्यसपछि विजय गच्छदार जी पार्टी फुटाउनु भयो । उहाँले ५३ सदस्य कमिटि मध्ये २८ जना सदस्यलाई लिएर पार्टी फुटाएर जानु भयो । बाँकी रहेका २५ जना मध्येबाट जय प्रकाश (जेपी) गुप्ता जीले १३ जना केन्द्रिय सदस्यलाई लिएर जानु भयो । त्यसपछि अमर यादव जी त्यस्ता धेरै हुनुहुन्छ । उहाँहरु पार्टी फुटाएर जानुभयो । तर, अहिले उहाँहरुको हविगत के छ ? कहाँ हुनुहुन्छ उहाँहरु ।साथीहरु पार्टी फुटाएर जानु दुरभाग्य हो । तर अहिलेको राष्ट्रिय राजनीतिको अवस्था नै हेर्नुस्, उहाँहरु कतै हुनुहुन्न् ।

अहिले मुलुकमा राजनीतिक अस्थिरता, युवाको विदेश पलायन, बेरोजगारी, आय र व्ययमा भिन्नता, जनताको जनजीविकाको अवस्था हेरिरहनु भएको छ । के भन्नु हुन्छ यसबारेमा ?
– वास्तवमा भन्नु हुन्छ भने, यति मात्रै होइन् । अहिले संघमा जुन राजनीतिक अस्थिरता छ । त्यसको असर प्रदेश सरकारहरुमा पनि देखिन्छ । एउटाले राम्ररी चलाउन पाएको छैन । त्सको सरकार ढल्छ फेरी अर्को आउँछ । त्यसको पराकम्पन प्रदेश सरकारमा पनि देख्न देखिन्छ । वास्तवमा जब सम्म देश संघको राजनीतिमा स्थिरता आउँदैन । केही गर्न सक्ने अवस्था छैन । मुख्य कुरा नै राजनीति हो । यसको स्थायित्व नहुँदा सम्म कुनै क्षेत्रमा पनि विकास गर्न सकिँदैन । देशमा लगानी ल्याउन सकिन्न । जति समिट गरेपनि लागनीकर्तालाई भित्रियाउन सकिँदैन । वास्तवमा मैले पनि ५ वर्ष मधेश प्रदेशको मुख्यमन्त्री नै भएर चलाएको हो । मैले नजिकबाट सरकारको काम कारवाही हेरेको छु । वास्तवमा भन्ने हो भने जबसम्म नेतृत्व जनता प्रति इमान्दार हुँदैन तब सम्म केहि ठूलो उपलब्धी प्राप्त गर्न कठिन हुन्छ । अहिले देशको राजनीतिमा इमान्दारीपूर्णक जनताको काम गर्ने पात्र मैले देखेको छैन, छैनन् पनि ।

यसअघिका प्रधानमन्त्री प्रचण्ड जी, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जी उहाँहरुलाई अब के चाहिएको छ । उहाँहरुलाई चाहिने जति त पाइसक्नु भएको छ । तीन तीन चोटी प्रधानमन्त्री भइसक्नु भयो । अब उहाँहरुलाई थप के चाहिएको छ र मैले बुझन सकेको छैन । जनतामा यति निरासा छ । तपाई के माथि जे जति समस्या देखाउनु भयो, त्यसको लागि उहाँहरुले केही गर्न सक्नु पर्छ । उहाँहरु जो त्यहाँसम्म पुग्नु भयो । उहाँहरुले डेलिभर गर्न सक्नु भएन् । जनतासँग गरेको कमिटमेन्ट पुरा गर्न सक्नु भएन् । उहाँहरु इमान्दारीपूर्वक काम गर्न सक्नु पर्छ । अहिले जो युवाहरु खाडी मुलुक पुगेर चर्को गर्मीमा मिहिनेत गरिरहेका छन् । कुनै पनि युवा चाहँदैनन् कि आफ्नो देश छोडेर अर्को देशमा गएर मिहिनेत गरुम, तर यो युवाहरुको बाध्यता हो । यसको जिम्मेवारी कसले लिने । देशमा बेरोजगारी छ, युवाहरुलाई रोजगार छैन । देशको नेतृत्व गरिरहनु भएकाहरुले यो विषयमा गम्भीर भएर सोच्नुपर्छ । युवाको पलायन रोक्न कार्यक्रम ल्याउनु पर्छ ।

अहिले पार्टीका नेतृत्वलाई पार्टी भित्रका युवाहरुले जुन तरिकाले हस्तक्षेप गर्नु पर्दथ्यो, त्यो देखिएको छैन किन होला ?
– हेर्नुस्, अहिलेको जनुसुकै पार्टीमा नेतृत्व नै हावी छ । अलिकति आफुलाई डेमोक्रयाटिक भन्ने कांग्रेसलाई हेर्नुस् त के छ त्यहाँको अवस्था, पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी भित्र चुनौति दिने कोही छैन । कांग्रेसले त डेमोक्रयाटिक अभ्यास त गर्छ नि तर खाई युवा नेताहरु पार्टीको नेतृत्वमा आउन सकेको । कांग्रेस महाधिवेशबाट देउवा नै सभापति जितेर आउँछन् । जुन सुकै पार्टीमा हेर्नुस् न । उहाँहरुलाई तल्लो स्तरका नेता कार्यकर्ताले के प्रभाव पार्न सक्नु हुन्छ । पार्टीमा बढी बोलियो हस्तक्षेप गर्न खोजियो भने उहाँहरुको हालत भीम रावल जस्तो हुन्छ । अलि बढी बोलियो भने जनाद्धन शर्मा जस्तो हालत हुन्छ । जनु सुकै पार्टीमा पनि यहि छ ।

मधेश केन्द्रित पार्टी वा भनौं मधेशी, आदिवासी जनजातिको मुद्दा लिएर अगाडि बढ्नु भएको छ उहाँहरुको के छ, हामीहरु त ठूला दलले सरकार बनाउँछन् त्यसमा गएर साझेदार बन्ने न हो । इमान्दारीपूर्वक भन्नु पर्दा हाम्रो के हैसियत छ र । सरकारमा गएपछि जनताका लागि मुद्दाका लागि केहि गर्न सकिन्छ कि सक्ने जति गरिरहेका छौं । हाम्रो हातमा के हुन्छ र । ठूला दलले इमान्दारीपूर्वक जनताको समस्यालाई सम्बोधन गर्नु पर्छ । हामी त सहयात्री मात्र हौँ ।

कुनै पार्टीको नेतृत्वलाई आलोचना गर्नुस् त तपाईको हालत के हुन्छ । त्यहाँ त तपाईले गजब गर्नुभयो । यसरी नै गर्दै जानुस् । राम्रो भइरहेको छ भन्नु पर्छ । इमान्दारीपूर्वक भन्ने हो भने तपाई आज पार्टी नेतृत्वको आलोचना गर्नुस् त भाली देखिनै तपाईलाई किनारा गर्न थाल्छन् ।

यति खेर पर्साको तीन वटा क्षेत्रको सांसदहरु संघमा मन्त्री हुनुहुन्छ । प्रदेशमा पनि मन्त्री हुनुहुन्छ । उहाँहरुसँग कहि अपेक्षा गर्न सकिन्छ ?
– यो खुसीको करा हो । तर, यसले के तात्विक भिन्नता ल्याउन सक्छ ? केही गर्न सिकन्छ भन्ने मलाई त लाग्दैन् । संघीय मामिलाको काम के हो, त्यहीँ कर्मचारीको सरुवा बढुवा, त्यो पनि पार्टीको समन्वयमा गर्ने हो । कानुन मन्त्रालयले के गर्छ, अहिले टिएससी विद्येयकको कुरा छ । सबै राजनीतिक दलको सहमतिमा कुरा हुने हो । मन्त्रीले त्यसलाई सहजीकरण गर्ने र विद्येयकलाई अगाडि बढाउने हो । त्यो भन्दा बढी के हुन्छ र ? खानी पानी मन्त्रीको काम के पानी ल्याउने, पानी खुवाउने त हो । त्यसले पर्सा वा वीरगंजका लागि के फाइदा हुँन्छ मलाई बताइदिनुस न । उहाँहरु केही गर्न सक्नु हुन्न, वीरगंजको लागि केहि तात्विक भिन्नता हुन्न् । कृषिमन्त्री हुनुहुन्छ प्रदेशमा खासै उपलब्धी होला जस्तो मलाई लाग्दैन । म जुन सरकारको नेतृत्व गरेको थिए, त्यसमाको एक मन्त्री हुनुहुन्छ । उल्लेख्नीय केहि गर्नसक्नु हुन्न ।

म मुख्यमन्त्री हुँदा खेरी एकैपटक तीन तीन वटा विश्वविद्यालय बनाए । यसले प्रदेशमा मधेशमा तात्विक भिन्नता ल्याउँछ । म ठाउँमा थिए गरे । त्यसरी गर्ने हो । बाँकी यो बन्यो त्यो बन्यो भनेर केही फरक पर्दैन । पार्टीको मुल नेतृत्वले नचाहँदा सम्म कुनै नेताले केहि गर्न सक्नु हुन्न् ।

तपाईलाई थाहा होला, भगवान यादव सरले हरि खेतान क्याम्पसलाई विश्वविद्यालय बनाउनका लागि के के गर्नु भयो । कहाँ कहाँ धाउनु भयो । कति पटक काठमाडौँ जानु भयो । तर, के भयो, केही भयो । जति धाएर पनि हुँदैन । ठाउँमा पुग्नु पर्छ अनि त्यहाँबाट गर्न सक्नुपर्छ । मैले मधेश विश्वविद्यालयको काम गर्दा कति जना हाँसी रहेका थिए । तर, आज हेर्नुस् यो ठूलो उपलब्धी हो वीरगंजको लागि पर्साको लागि । पर्साबाट ठूला ठूला नेता हुनुभयो । तर, उहाँहरुले पार्टी भित्र अवस्था र हैसियत के छ ? सबैले बुझेका छन् । म मुख्यमन्त्री भएका बेला सप्तरीमा कृषि विश्वविद्यालय बनाए । जनकपुरमा एमबीबीएस, एमडी बढ्ने विश्वविद्यालय बनाए । हाम्रो वीरगंजका विमल श्रीवास्तवले केही काम गर्ने अवसर पाएको बेला के गर्नु भयो, वीरगंजको लागि केही गर्नु भयो ? उहाँले राजर्षि जनक विश्वविद्यालय बनाउनु भयो । तर, वीरगंजको लागि केही गर्नु भएन् । मैले वीरगंजमा मधेश विश्वविद्यालय बनाएँ । अहिले मज्जाले चलिरहेको छ । जग्गा लिने काम भइरहेको छ, त्यो सबै पुरा भयो भने यहाँ हरेक विषयको पढाई हुन्छ । वीरगंज र छिमेकी जिल्लाकै मान्छेलाई फाइदा हुन्छ ।

यहाँको जनताको चाहना छ, केन्द्रमा पर्साबाट मन्त्री बन्नु भएकाहरुले केही योजना ल्याउन, वीरगंजका लागि केही गरुन, त्यो सम्भावना देख्नुहुन्छ ?
– उहाँहरुले केही गर्न सक्नु हुन्न । उहाँहरुको पार्टी भित्र वा सरकारमा कुनै हैसियत नै छैन । उहाँहरुको कुनै राजनीतिक हैसियत छैन । मैले हेरेको छु । कुनै ल्याकत छैन । जनकपुरमा हेर्नुस् न, विमलेन्द्र निधि जीलाई हेर्नुस्, रघुविर महासेठलाई हेर्नुस्, उहाँहरुले आफ्नो क्षेत्रमा ७००–८०० करोड बजेट ल्याउनु भएको थियो । राम्रो काम गर्नु भएको छ । तर, पर्सामा मलाई देखाइदिनुस् त कुन मन्त्रिले १० करोड बजेट ल्याएर विकास गर्नु भएको छ । छ, कसैको हैसियत १०–२० करोड बजेट ल्याएर काम गरेर देखाओस् त । अहिले जनकपुरको मुहार फेरिएको छ । गल्ली–गल्लीमा विकास भएको छ । त्यो अवस्था वीरगंजमा छ ? छैन किन कि पार्टीमा उहाँहरुको कुनै हैसियत छैन ।

वीरगंजबाट कृष्णप्रसाद भट्टराई जित्नु भयो । उहाँ प्रधानमन्त्री हुनुभयो । वीरगंजमा नेशनल मेडिकल क्लेज दिनुभयो । बाँकी रामचन्द्र कुशवाहा हुनुहुन्थ्यो, उहाँले के गर्नु भयो । थोरै समयका लागि रमेश रिजाल जीले पाउनु भयो । तर, खासै केही हुन सकेको छैन । उहाँहरुको पार्टीका हैसियत छैन, त्यहाँ गएर दाई यो काम गरिदिनुपर्यो, हामी पनि त्यहाँबाट जितेर आउछौँ, केहि बजेट हाल्दिनुस् भन्नु पर्छ, हात जोड्ने हो, बिन्ति गर्ने हो । जबसम्म आफ्नो हैसियत बनाउन सक्नपर्छ ।

तपाई मुख्यमन्त्री भएको कार्यकालको उपलब्धी के के हुन, कसरी सम्झिनु हुन्छ ?
– तपाईलाई सम्झना होला, मैले मधेश प्रदेशको मुख्यमन्त्री भएर पाँच वर्षको कार्यकाल पूरा गरेको छु । सात वटै प्रदेशमा कहि पनि पाँच वर्ष सरकार टिक्न सकेन । तर मैले सबैलाई मिलाएर सबैको सहयोगमा पाँच वर्ष कार्यकाल पूरा गरे । प्रदेशको नामाकरण भयो । आन्दोलनका बेलमा हामीले जुन प्रतिवद्धता गरेका थियौं, हामीले मधेश प्रदेश बनायौँ ।

महिलालाई ५० प्रतिशत अधिकार दिऔं, सहिद परिवारलाई जागिर दिने, सहयोग दिने, छोरीहरुलाई पढ्ने र अगाडि बढ्ने कुरालाई अगाडि बढायौँ । तर, यो कार्यक्रमलाई निरन्तरता दिनु पथ्र्यो । तर, दुःखको कुरा त्यो अहिलको सरकारले अगाडि बनाएन । मैले मधेशमा प्रहरी ऐन बनाए । प्रदेश निजामति ऐन बनाए । सबै जातजातिलाई उसको जनसंख्यालाई स्थान दिने गरि निजामति बनाए ।

अहिलेको जनमतको सरकारलाई हेर्नुस् त, २०–२० वटा मन्त्री बनाएर जग हसाउँने काम गरेको छ । चौतर्फी आलोचना भएपछि जनमत अध्यक्ष सीके राउतले स्पष्टीकरण सोधेर मजाक बनाउने, सीके राउतसँग कुराकानी नगरिकन केही हुन्छ र, यहाँ त पार्टी नेतृत्वको सल्लाह बिना स्वास फेर्न पनि समस्या हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button