
मधेशदृष्टि
रौतहट ।
आमजनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक भदौ ११ र १२ गते काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ ।
दलाल दलतन्त्रविरुद्ध र आमजनताको शासनव्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन् ।
महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजनासहित अगाडि बढिने बताए । बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनबारे समीक्षा पनि हुनेछ ।
आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैंकिङ ठगी तथा कवाडलगायतका आन्दोलनबारे बैठकमा समीक्षा हुनेछ । यसैगरी, शिक्षक दरबन्दीका लागि मधेशमा जारी आन्दोलनलाई अझै शसक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारेसमेत निर्णय हुनेछ ।






