
मधेशदृष्टि
वीरगंज ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा)को सर्लाही जिल्ला भेलाले डा. नवलकिशोर साहको नेतृत्वमा जिल्ला कमिटीको घोषणा गरेको छ । दोस्रो जिल्ला भेलाले साहको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले सोमबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
उपाध्यक्षमा सुनिल गुप्ता, प्रमोदकुमार साह, दिलीप कर्ण, कोशिलादेवी साह, सचिवमा डा. शैलेन्द्र यादव, सहसचिवमा जलन्धर साह, शशि अधिकारी, अधिवक्ता कौशलकिशोर साह र कोषाध्यक्षमा विवेक यादव रहेका छन् ।
सदस्यहरुमा देवनारायण चौधरी, सरोज महतो, शैलेन्द्र चौधरी, हरेश साह, जयनाथ साह, मुकेश गुप्ता, राजेश साह, राजिव चौधरी, हासिम हुसैन, लालबाबु साह, राकेश साह, रंजीता चौधरी, दिवेश्वर रौनियारलगायत रहेका छन् ।






