तातेड जेल चलान

[mashshare]

मधेशदृष्टि
राजविराज ।
सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सिद्धार्थ तातेड पुर्पक्षका लागि जेल चलान भएका छन् । राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहँदा राजविराज नगरपालिका वडा नम्बर ३ का वडा सदस्यसमेत रहेका तातेडसहितका सञ्चालक समितिले ठगी र आर्थिक अपचलन गरेको भन्दै जाहेरी परेपछि उनलाई साउन ३ गते बिहीबार पक्राउ गरिएको थियो ।

बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधिश संजीव पोखरेलको एकल इजलासले तातेडलाई पूर्पक्षमा पठाएको हो । राजविराज जेसीजका पूर्वअध्यक्षसमेत रहेका तातेडसहितका सञ्चालक समितिले सहकारीमा बचतकर्ताको रकम फिर्ता नगरेपछि ४६ बचतकर्ताहरूले संयुक्त जाहेरी दिएका थिए ।

जाहेरीअनुसार तातेडसहितका सञ्चालक समितिले बचतकर्ताको ३ करोड २ लाख ९४ हजार ४ सय ३६ रुपैयाँ फिर्ता गरेको छैन भने तातेडसहितकाले सहकारी संस्थाको पनि करिब एक करोड रुपैयाँ अपचलन गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार सात सदस्यीय सञ्चालक समितिमध्ये अध्यक्ष बेचन यादवसहित अन्य पाँच जना सञ्चालक सदस्य अझै फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button