तेली समुदायलाई भारतमा सम्मान, नेता जोलीसँग भेट

[mashshare]

मधेशदृष्टि
भारत ।
नेपालका तेली समुदायका राजनीतिक व्यक्तित्व तथा सामाजिक व्यक्तित्वहरुले भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । तेली समुदायका व्यक्तित्वहरुलाई भारतमा सम्मान पनि भएको छ ।

शुक्रबार बिहान भाजपाका वरिष्ठ नेता डा. विजय जोलीसँग भारतको राजधानी नयाँदिल्लीस्थित जोलीको कार्यकक्षमा नेपाली प्रतिनिधि मण्डलले भेट गरेको हो । भेटमा पूर्वमन्त्री अनिता देवी, सांसद किरण साह, उद्योगपति ओमप्रकाश साह, समाजसेवी असर्फी साह, प्रभु साह, सञ्जय साह, रामस्नेही साह, तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहलगायतका तेली समुदायका नेतृत्वगण सहभागी थिए । शिष्टाचार भेटमा नेपाल र भारतको आपसी सम्बन्ध, राजनीति, धार्मिक, सांस्कृतिक, सम्बन्धसँगै भाइचारा सम्बन्धबारे छलफल भएको थियो ।

यस्तै, अखिल भारतीय तैलिक साहू महासभाले बिहीबार नेपालका तेली समुदायका प्रतिनिधि मण्डललाई सम्मान गरेको छ । भारतका केन्द्रीय शहरी राज्यमन्त्री टोखन साह, छत्तिसगढका उपमुख्यमन्त्रीलगायतले नेपालका तर्फबाट सहभागी तेली समुदायका व्यक्तित्वहरु पूर्वमन्त्री अनिता देवी, मधेश प्रदेशका वनमन्त्री त्रिभुवन साह, प्रदेश सांसद किरणकुमारी साह, उद्योगपति ओमप्रकाश साह, असर्फी साह, प्रभु साह, सञ्जय साह, तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहलगायतलाई सम्मान गरेको हो । नयाँदिल्लीस्थित कन्स्टिट्युसन क्लब अफ रफिरोडमा भएको कार्यक्रम अखिल भारतीय तैलिक साहू महासभाका राष्ट्रिय अध्यक्ष जय दत्त क्षीरसागरको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button