
एसपी गौरव
सर्लाही ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०८०–८१ मा २३ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्ममा २३ करोड ३० लाख ८४ हजार तीन सय ५३ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रहरी उपरिक्षक भीम किरण बोगटीले जानकारी दिए । उनका अनुसार, मधेश प्रदेशका आठ जिल्ला ट्राफिक प्रहरी कार्यालयका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया, बारा, मधेश प्रदेशबाट खटिएका ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सञ्चालित दुई लाख ५९ हजार दुई सय तीन सवारी साधनलाई कारबाही गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा मधेश प्रदेशको सप्तरीमा २३ हजार तीन सय ४६ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ७७ लाख ९२ हजार छ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, सिरहामा ३९ हजार दुई सय ९८ सवारी साधनलाई कारबाही गर्दा तीन करोड २२ लाख ४९ हजार तीन सय ५० रुपैयाँ संकलन भएको छ । धनुषामा २९ हजार ६५ सवारी साधनलाई कारबाही गर्दा दुई करोड ३४ लाख ५१ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । महोत्तरीमा ४० हजार ५५ सवारी साधनलाई कारबाही गर्दा तीन करोड ४६ लाख २८ हजार तीन सय ५० रुपैयाँ संकलन भएको छ ।
यस्तै, सर्लाहीमा २६ हजार सात सय ९३ सवारी साधनलाई कारबाही गर्दा दुई करोड ५५ लाख ११ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । रौतहटमा २१ हजार दुई सय ९४ सवारी साधनलाई कारबाही गर्दा दुई करोड २८ लाख एक हजार पाँच सय रुपैयाँ संकलन भएको छ । यस्तै, पर्सामा २७ हजार तीन सय ७६ सवारी साधनलाई कारबाही गर्दा दुई करोड ७६ लाख ६५ हजार पाँच सय ५२ रुपैयाँ संकलन भएको छ । प्रादेशिक कार्यालयसमेत रहेको बारामा ५१ हजार नौ सय ७६ सवारी साधनलाई कारबाही गर्दा पाँच करोड १५ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा मधेश प्रदेशका आठ जिल्लामा छ हजार ५८ सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको छ भने नौ हजार सात सय ४५ नागरिक घाईते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया, बारा, मधेश प्रदेशका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार, सप्तरीमा छ सय ३८ दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने एक हजार ५१ जना घाइते भएका छन् । सिरहामा नौ सय ७५ दुर्घटना हुँदा ६८ जनाको मृत्यु र एक हजार पाँच सय ७९ जना घाइते भएका छन् ।
धनुषामा एक हजार ९१ दुर्घटना हुँदा ७४ जनाको मृत्यु र एक हजार सात सय ३० जना घाइते भएका छन् । महोत्तरीमा पाँच सय चार दुर्घटना हुँदा ६८ जनाको मृत्यु र सात सय ७२ जना घाइते भएका छन् । सर्लाहीमा छ सय ८७ दुर्घटनामा ७३ जनाको मृत्यु र एक हजार एक सय १८ जना घाइते भएका छन् । रौतहटमा छ सय ७३ सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु र एक हजार ७४ जना घाइते भएका छन् । त्यस्तै, पर्सामा पाँच सय ४४ दुर्घटना हुँदा ५१ जनाको मृत्यु र आठ सय चार जना घाइते भएका छन् भने प्रादेशिक कार्यालय रहेको बारामा नौ सय ४६ वटा दुर्घटना हुँदा ७५ जनाको मृत्यु र एक हजार छ सय १७ जना घाइते भएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा,मधेश प्रदेशले आर्थिक वर्ष २०८०–८१ मा १२ हजार चार सय २२ पटक जनचेतनामूलक कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०७९–८० मा मधेश प्रदेश ट्राफिक प्रहरीले २६ करोड ८६ लाख ८६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको थियो भने पाँच हजार नौ सय ८८ सवारी दुर्घटना हुँदा पाँच सय ४६ जनाको मृत्यु र नौ हजार छ सय ७० जना घाइते भएको थियो । आर्थिक वर्ष २०८०–८१ मा भन्दा आर्थिक वर्ष २०७९–८० मा मधेश प्रदेशमा दुर्घटना बढी भएको भए पनि मृतकको संख्या केही घटेको छ भने राजश्वमा पनि कमी आएको छ ।







