
नयाँ आर्थिक वर्ष आरम्भको साउन र भदौ बितेका छन् । मेयर याताको दोस्रो वर्षमा छन् वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह । उनले एकसाथ मधेशदृष्टि, रेडियो वीरगंज ९९ मेगाहर्ज, रेडियो पोखरिया र टिभी वीरगंजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘बाँकी ३ वर्ष ९ महिनामा वैभव वीरगंज बनाउने प्रतिवद्धता जाहेर गर्दछु ।’ निडर, निर्भीक र निष्पक्ष रहेर जनताको सेवक मेयर भएको दाबीसहित उनले आरोप लगाउनेहरुलाई चुनौती पनि दिएका छन् । सिंहले भनेका छन्, ‘कहीँ कतै अनियमितता र भ्रष्टाचार भएको छैन, थोरै कर्मचारीबाट महानगर चलाउन खोजिरहेका छौँ, राजश्व बढाएका छौँ, ग्रामीण वडामा विकासका योजना सञ्चालनमा ल्याएका छौँ, ट्र्याक्टर खरिदको कुरा जसरी उचालिएको छ, हिम्मत भए मेरो र अघिल्लो कार्यकालका मेयरको फाइल अख्तियारमा पठाउने काम होस् ।’
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले माटो पेलेर तेल ननिस्कने बताउँदै नियम कानुनभित्र रहेर वैभव वीरगंज बनाउने अभियानमा आफू जुटेको बताएका छन् । रेडियो वीरगंज तथा टिभी वीरगंजको ‘जनता जानेके चाहता’ कार्यक्रममा ध्रुव साहसँगको कुराकानीमा नगरप्रमुख सिंहले अबको ३ वर्ष ९ महिनाभित्रै नमूना वीरगंज होइन, वैभव वीरगंज बन्ने दाबी गरे ।
उनले गाउँ नपस्नेले गाउँको विकास भएन भनेर सामाजिक सञ्जाललगायतका भित्ता रंग्याउने गरेको बताउँदै त्यस्ता व्यक्तिलाई वीरगंज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म पस्न र एकदिन गाउँलेसँग बस्न पनि आग्रह गरे । महानगरपालिकाको ग्रामीण क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर आफू अगाडि बढेको बताउँदै नगरप्रमुख सिंहले आफ््नो कार्यकालमा भ्रष्टाचार र अनियमिता भयो भन्नेलाई अख्तियार बोलाएर अनुसन्धानका लागि फाइल लैजान चुनौती दिए ।
‘यति सस्तोमा ट्र्याक्टर खरिद गर्दा आरोप लगाउनेहरुले कमजोरी नै भएको पाए छाड्थे होलान् र, मलाई उभ्याइहाल्थे नि, नसकेर सामाजिक सञ्जाल र मिडियामा खपत भएर आत्मरतिमा रमाउने काम गरिरहेका छन् ।’
उनले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाइल र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाइल पनि अख्तियारमा लगेर परीक्षण गर्न चुनौती दिँदै भने, ‘जसले भ्रष्टाचार गरेको छ, उसैलाई कारबाही हुनु पर्छ, सामाजिक सञ्जालमा असामाजिक समूह हाबी भयो भन्दैमा म पनि त्यस्तै लेख्दै, बोल्दै, गाली गर्दै हिँड्न मिल्दैन, हिँड्दिनँ पनि ।’
नगरप्रमुख सिंहले दैनिक ज्यालादारी र डोर हाजिरीमा कार्यरत ४ सय ९० कर्मचारी हटाइएको बताउँदै ३२ वडामा वडाअध्यक्षले ५÷५ सफाइकर्मी, १ ड्राइभर, १ कम्प्युटर अपरेटर र १ कार्यालय सहयोगी गरी २ सय ५६ जना नियुक्त गरेको उल्लेख गरे । उनले भने, ‘मैले कसैको दबाबमा कर्मचारी नियुक्ति गरेको पनि छैन र अहिले कर्मचारी हटाउँदा पनि सबैभन्दा बढी प्रभाव नगर प्रहरी र दमकलमा परेकाले समस्या हुँदा पनि सफल कार्यसम्पादनको प्रयास गरिरहेका छौँ ।’ उनले थपे, ‘वीरगंज महानगरपालिकामा कर्मचारी हटाइएपछि ३२ नगर प्रहरी र ६ जना फायरम्यान मात्रै छन्, महानगर चलाउन कठिन भए पनि प्रयास गरिरहेका छौँ ।’
‘नगरप्रमुख सिंहले महानगरका ३२ वडामा फोहोर उठाउने ट्र्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारीमेयरले नाफा घाटा हेरेका होलान्, म जनताको सेवक भएकाले जनताको दुःख मात्रै हेर्ने गर्छु ।’ उनले थपे, ‘यति सस्तोमा ट्र्याक्टर खरिद गर्दा आरोप लगाउनेहरुले कमजोरी नै भएको पाए छाड्थे होलान् र, मलाई उभ्याइहाल्थे नि, नसकेर सामाजिक सञ्जाल र मिडियामा खपत भएर आत्मरतिमा रमाउने काम गरिरहेका छन् ।’
नगरप्रमुख सिंहले विपक्षी तथा वीरगंजका २–४ सञ्चारकर्मीले मिथ्या आरोप लगाउँदै आएको बताए । उनले यस्ता आरोपले आफू उल्टै मजबुद हुने र काम गर्न र जनतामा जान ऊर्जा प्राप्त हुने दाबी गरे । उनले आफू पछाडि फर्केर नहेर्ने र जनताको सेवक भएर काम गर्ने प्रवृत्तिको मेयर भएकाले व्यापारी नठान्न र नमान्न तथा नाफानोक्सानको प्रतिशत पनि नखोज्न आग्रह गरे । उनले भने, ‘नगरप्रमुख सिंहले महानगरका ३२ वडामा फोहोर उठाउने ट्र्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारीमेयरले नाफा घाटा हेरेका होलान्, म जनताको सेवक भएकाले जनताको दुःख मात्रै हेर्ने गर्छु ।’ उनले थपे, ‘यति सस्तोमा ट्र्याक्टर खरिद गर्दा आरोप लगाउनेहरुले कमजोरी नै भएको पाए छाड्थे होलान् र, मलाई उभ्याइहाल्थे नि, नसकेर सामाजिक सञ्जाल र मिडियामा खपत भएर आत्मरतिमा रमाउने काम गरिरहेका छन् ।’

वीरगंजको विकाससँगै शिक्षा, स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाउँदै आफू अगाडि बढिरहेको बताउँदै नगरप्रमुख सिंहले भने, ‘नारायणी अस्पतालसहित वीरगंजका अस्पतालको सुधारमा महानगरपालिका लागेको छ, यो पनि हेरिदिनु होला, न त्यहाँ पनि विरोध गर्ने ठाउँ र सूत्र पो फेला पो पर्छ कि ?’ उनले शिक्षा र स्वास्थ्य क्षेत्रका माफियातन्त्रलाई जरैदेखि उखेल्न आफू लागिपरेको बताउँदै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्थापनमा महानगर जुटिरहेको जिकिर गरे ।
नगरप्रमुख सिंहले नगर क्षेत्रको व्यापार, व्यवसाय, कलकारखानाको लगत निकालेर व्यवसायीसँग कर लिइने, घरबहाल कर व्यवस्थित गरिने अभियानमा महानगर जुटिरहेको बताउँदै गत आर्थिक वर्ष २०७८/७९ भन्दा २०७९/८० मा ६ करोड रुपैयाँ बढी राजस्व उठाएको दाबी गरे ।
वैभव वीरगंज अभियानअन्तर्गत नगरको सौन्दर्यकरण, सरसफाइ, धार्मिक क्षेत्रको संरक्षण, सम्वद्र्धन, ढलनलको व्यवस्थापनमा महानगरपालिका रातदिन जुटेको बताउँदै उनले महानगरमा आएका ग्रामीण वडाको वृहत्तर विकासका लागि करोडौँ रुपैयाँ बजेटका योजना केही सञ्चालनमा आएको र केही आउने अवस्थामा रहेको बताए ।
उनले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाइल र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाइल पनि अख्तियारमा लगेर परीक्षण गर्न चुनौती दिँदै भने, ‘जसले भ्रष्टाचार गरेको छ, उसैलाई कारबाही हुनु पर्छ, सामाजिक सञ्जालमा असामाजिक समूह हाबी भयो भन्दैमा म पनि त्यस्तै लेख्दै, बोल्दै, गाली गर्दै हिँड्न मिल्दैन, हिँड्दिनँ पनि ।’
उनले रामजानकी मन्दिरको जग्गामा बाटो नबन्ने दाबी गर्दै हल्ला र हावाका पछाडि नलाग्न आग्रह गरे । नगरप्रमुख सिंहले पुरानो बसपार्कको सटरमा के राखिन्छ, डेढ महिनापछि हेर्न र त्यतिन्जेल प्रतीक्षा गर्न नगरवासीलाई आग्रह गर्दै वीरगंजवासीको साथ र सहयोगले मात्रै वैभव वीरगंजको लक्ष्य हासिल हुने दाबी गरे ।