
मधेशदृष्टि
वीरगंज ।
वीरगंजमा स्वामी नारायण मन्दिर (अक्षरधाम आबद्ध) निर्माणको पूर्व तयारी शुरु भएको छ । वीरगंज महानगरपालिकास्थित पुण्य नदी श्रीसियाको तटमा निर्माण हुने स्वामी नारायण मन्दिर ( अक्षरधाम आबद्ध) को निर्माणस्थलमा सत्संग शुरु भएको हो ।
सत्संग प्रारम्भका लागि निश्चल विक्रम पौडेल र मदनकृष्ण पौडेल भारत पश्चिम बंगाल कोलकातामा सत्संग सञ्चालनसम्बन्धी प्रारम्भिक प्रशिक्षण लिन त्यसतर्फ प्रस्थान गरेका छन् । वीरगन्ज महानगरपालिकाका सद्भावनादूत अशोक कुमार वैध, विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले उनीहरुलाई बिदाई गरेका हुन् ।
कोलकातामा स्वामी पूर्ण वत्सल दासजी नारायण भगवानको पूजा अर्चनासम्बन्धी आठ दिने प्रशिक्षण हुने बताइएको छ ।






