मधेशदृष्टिकर्मी मिश्रा नगदसहित सम्मानित

[mashshare]

मधेशदृष्टि
रौतहट ।
मधेशदृष्टिकर्मी बरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन् । रौतहटको कटहरिया स्थित पियारिया देवी फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार मिश्रालाई सम्मानित गरेको हो ।

कटहरिया नगरपालिका ३ बिर्ती प्रष्टोकाका सत्य नारायण साहको श्रीमती स्वर्गिय पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनका जेष्ठ सुपुत्र तथा फाउन्डेसनका सचिव देवेन्द्र साहले खाँदा ओढाएर नगद ११ हजार रुपैयाँसहित पत्रकार मिश्रालाई सम्मानित गरे ।

पत्रकारिताको माध्यमले सामाजिक न्यायका लागि समाजमा पुर्याएको योगदानको कदर स्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले बताए । हाल सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सिंहदरबार काठमाडौँमा खरिदार पदमा कार्यरत दीपेन्द्र साह रौनियारको आमा पियारिया देवीको २०८० साउन १ गते निधन भएको थियो ।

स्वर्गिय पियारिया देवीको पुण्यतिथिमा समाजमा योगदान पुर्याउने पत्रकार, कलाकार, सामाजिक अभियन्तालाई प्रत्येक वर्ष सम्मानित गर्ने उद्देश्यले आमाको नाउँमा अक्षयकोष स्थापनाको प्रक्रियामा रहेको रौनियारले जानकारी दिए । पछिल्लो दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील बरिष्ठ पत्रकार सञ्जय मिश्रा हाल मधेशदृष्टि दैनिक, रातोपाटी, न्युज कारखानामा आबद्ध छन् । मिश्रा कटहरिया एफएमका प्रमुख पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button