मुटुको अपरेसन गराउन ५ लाख लिएर हिँडेका थिए मिया दम्पती

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नारायणगढ मुग्लिन सडकको भरतपुर–१९ सिमलतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार एक दम्पती मोटो रकम बोकेर काठमाडौँमा उपचारका लागि हिँडेका थिए ।

बसमा सवार रघुनाथपुरका सलिम मिया र उनका पत्न्नी जैनबर खातुन काठमाडौँस्थित सहिद गंगालालमा उपचारका लागि हिँडेका थिए । बस हराएसँग हराइरहेका दम्पतीले उपचारका लागि घरबाट ४ लाख ९६ हजार रुपैयाँ र आवश्यक पर्दा सहयोगका लागि वडा कार्यालयको सिफारिस पनि बोकेका थिए ।

तर बस पहिरोमा पुरिएर यात्रारत सबै यात्रु बेपत्ता भएपछि काठमाडौँ हिँडेका मिया दम्पती पनि बेखबर छन् ।

दुई स्वास्थ्यकर्मी पनि परे
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त सिंहले आफ्ना पालिकाका दुई स्वास्थ्य कर्मचारी पनि एञ्जल बसमा सवार रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मेटामा लेखेका छन्, ‘बसमा दुई स्वास्थ्य कर्मचारीसहित पालिकाका पाँच नागरिक सवार थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button