यी हुन् वीरगंजबाट काठमाडौँ हिँडेका एञ्जल डिलक्सका यात्रुहरु

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नारायणगढ मुग्लिन सडकको भरतपुर–१९ सिमलतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ । वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि थिए ।
बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ । गाडीमा सवारहरुको प्रारम्भिक नाम यस्तो छः

१. बससाहुः राजेन्द्र केसी
२. चालकः नगवाका जवाहिर महतो
३. सहचालक, चौधरी थरका

यात्रुहरु २१ जना
१.अन्सारीजी
२. अरविन्द दुवे
३. सन्तोष (मकालु सैलुन)
४. सुरेन्द्र साह (फलफूल)
५. आवीन्दजी
६. हरिन्द्र पण्डित
७. सुनिल
८. शेहनबाज आलम
९. प्रकाश (पिप्रा)
१०. प्रमानन्द
११. हृदय नारायण राउतसहित ३ जना
१२. सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)
१३. रैजुल आलमसहित २ जना

बसमा मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

थप विवरण आएपछि हामी तपाईंलाई प्रस्तुत गर्नेछौँ ।

उपचारका लागि हिँडेका थिए दम्पती नै
६० वर्षीय सलिम मिया आफ्नो उपचारका लागि काठमाडौँ हिँडेका थिए । उनी पत्नी जैनबरसहित यात्रारत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button