
मधेशदृष्टि
वीरगंज ।
वीरगंजस्थित ऐतिहासिक गहवामाईको १२औँ वार्षिकोत्सवको अवसरमा निकालिने भव्य रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । गहवामाई मन्दिर परिसरबाट भोलि आइतबार विहान ६ बजे निकालिने रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
स्थापना दिवसको अवसर पारेर गत वर्ष असार ५ गते पहिलोपटक निकालिएको रथ यात्रालाई यसपटक निरन्तरता दिन लागिएको हो । रथयात्रामा बारा, पर्सा, रौतहटबाट सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
रथ यात्राको क्रममा रुटमा पर्ने विभिन्न स्थानमा यात्रामा संलग्न व्यक्तिहरुलाई निःशुल्क रुपमा पानी तथा सरवत खुवाउने व्यवस्थासमेत वीरगंजका विभिन्न सामाजिक संघ संस्थाहरुले गरेका छन् ।






