
मधेशदृष्टि
वीरगंज ।
सशस्त्र प्रहरीले पर्साले १७ लाख भन्दा बढी मूल्यको सामान बरामद गरेको छ । आइतबार वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ११ लाख ५७ हजार रुपैयाँ बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपार्टस तथा हार्डवयरका सामानहरु बरामद गरेको हो ।
त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नम्बर १ छप्कैयाबाट बि.ओ.पि. सिर्सियाबाट खटिगएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको एक लाख ३२ हजार रुपैयाँ बराबरको कपडा र चप्पल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, आइतबार नै वीरगंज महानगरपालिका वडा नम्बर ८ लिङ्क रोड स्थित प्र.सी.सु.गुल्मबाट खटिएको टोली र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले विशेष सूचनाको आधारमा अबैध रुपमा भन्सार छलि वी. एण्ड अरबिन्द ईन्टरप्राईजेजको गोदाममा भण्डारण गरि राखेको अन्दाजी करिब पाँच लाख रुपैयाँ बराबरको हार्डवयरका सामानहरु फेला परेको हुदा उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएको सबै सामानलाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।






