नेपाली सभ्यतालाई मास्न ओली र प्रचण्डले नेपालमा ‘होली वाइन’ भित्रियाए: महतो

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियान लिएर नेता राजेन्द्र महतो देश दौडाहामा छन् । नेपालमा सबै जाति समुदायबीचको एकता र क्रान्तिले नै नेपालले समृद्धि प्राप्त गर्ने बताउने गरेका छन्, नेता महतो । सेतै फुलेको दाह्री र जुंगा राखेर देश बनाउने अभियानमा हिडिरहेका नेता महतो उमेरले ६५ कटि सकेका छन । तर, अभियानमा सबैभन्दा बढी सक्रिय भएर क्रान्तिको नेतृत्व गरिरहेका छन् । तराई–मधेशको कुना कप्चा, पहाडको दूरदराजमा रहेका बस्तीसम्म उनी नथाकी पुगिरहेका छन्, अभियानलाई सफल बनाउन । पहाडी समूदाय, नेवार, तमाङलगायतका विभिन्न जातिय समूहलाई समेटेर उनी अभियानलाई सफल बनाउन देशभरी कुदिरहेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिले देशैभरी एक सय एक वटा सभा गर्ने कार्यक्रम तय गरेको छ । यहि सिलसिलमा राष्ट्रिय मुक्ति क्रान्तिले गत शनिबार सर्लाहीमा मधेशी–पहाडी एकता सभा गर्यो । सभामा संयोजक तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भाष्य निर्माण गरेको बताए । त्यही भास्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको बताए । नेता महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न र आन्दोलनलाई बदनाम गर्न सरकारले नै गलत भास्य निर्माण गरेको बताए । त्यही भास्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको जानकारी दिए । सोही कार्यक्रममा बोल्दै महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले आफुहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए ।

लोसपा परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्व गरिरहेका राजेन्द्र महतोले आफूहरूको अभियानको उद्देश्य लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा गर्नु रहेको बताएका छन् । मधेशमा तराई, पहाड, हिमाल सबै भुगोलका बासिहरु बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नु पर्नेमा जोड दिए । राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक राजेन्द्र महतोले धोती र टोपी एक नभएसम्म देश नबन्ने बताएका छन् । ‘देश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन । धोती र टोपीबीचको लडाइँले गर्दा देश बर्बाद भएको हो । मधेशी र पहाडीलाई एक आपसमा लडाएर एकल नश्लिय चिन्तनले देशलाई बदनाम गरेको छ,’ उनले भने । देश योभन्दा बढी खराब हुन नसक्ने उनको भनाइ छ । ‘सिंहदरबारमा बस्ने शासकले देशलाई दुनियासामु बदनाम गरायो । पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई सिंहदरबारमा बस्ने शासकले तोड्ने काम ग¥यो । सबै जात, भाषा, धर्म र संस्कृत मिलेर सुन्दर नेपाल बनेको हो । नेपाल सबै जात र वर्गको साँझा फूलबारी हो । तर, एकल चिन्तन भएकाहरूलाई देशको चिन्ता नहुदाँ आज देश बर्बाद भएको छ,’ उनले भने ।

अहिलेको शासकले सत्ता र कुर्सीका लागि जात र धर्मको नाममा एक अर्कालाई लडाउँदै आएको उनले आरोप लगाए । ‘आफ्नो पहिचान, अधिकार र सम्मानको आन्दोलन गर्दा गोली चलाएर दबाउने काम गरेको छ । मधेशी र पहाडी एउटै देशको नागरिक हो । तर, मधेशीलाई विदेशी भनेर फरक व्यवहार गर्दै आएको छ,’ उनले भने । धोती र टोपी मिलेर एकल जातिय सत्ताधारीलाई हटाउन जरुरी रहेको महतोले बताए । ‘नेपाल बनेपछि मधेशी, थारु, मगर, नेवार, तामाङ, दलित, मुस्लिम कतैबाट आएको होइन, यो त सबैको योगदानले नेपाल बनेको हो,’ उनले भने । नेता महतो विभिन्न सञ्चार माध्यममा कुराकानी गर्दा नेपालको राजनीति उतार चढावको बारेमा आफ्नो धारणा राख्ने गरेका छन् । जहानिया राणाकालीन, निरङकुश राजतन्त्र, पञ्चायती व्यवस्था र अहिलेको राजनीतिक दलहरुको व्यवहारबारे टिप्पणी गरिरहेका छन् । जबसम्म नेपालमा एकल जातिय बर्चश्व रहँदासम्म सम्पूर्ण नेपालको विकास र समृद्धि हुन नसक्ने उनको तर्क छ ।

एकल भाषा, एकल सांस्कृतिक, एकल भेषभूषाको वर्चश्वलाई तोड्न आवश्यक रहेको उनको भनाई छ । एकल बर्चश्वलाई बहुल बर्चश्वमा लग्न बाँकी जातजाति, भाषाभाषी, भूगोल, क्षेत्र, समुदायलाई राज्यको मूल प्रभावमा ल्याउन जरुरी रहेको बताए । यो देश एकल होइन यो बहुल देश हो । पहाडी, मधेशी, आदीवासी जनजाती, दलित, मुसलमान, थारुहरुको यो देशको निर्माणमा महत्वपूर्ण भूमिका छन्, भूमिका अनुसारको भाग दिनुपर्छ । सबैलाई राज्यको मूलधारमा ल्याउन हामी यो अभियानमा होमिएको नेता महतोको भनाई छ ।

क्रान्तिले स्वदेशवादको भावनामा अगाडी बढ्न चाहेको उनको भनाई छ । एक भाषा, एक भेष, एउटै संस्कृति एउटै देश भन्ने भाष्य निर्माण गरेर नेपाल अगाडी जान नसक्ने उनको तर्क छ । यो देशको वैचारिक धरातलअनुसार नेपाललाई अगाडी बढाउन आवश्यक छ । नेपालमा स्वदेशवाद बाहेक अरु कुनै वाद सफल नहुने तर्क गर्दै नेता महतोले नेपाल बनाउन बहुल राष्ट्रिय राज्यको अवधारणामा आवश्यक रहेको तर्क गरे । बहुल राष्ट्रिय राज्यले नेपाल नटुक्रिने बरु यो अवधारणा लागु नगरे देश समस्यामा रुमलिने उनको तर्क छ ।
क्रान्ति अभियानका संयोजक महतोले नेकपा माओवादीलाई बइमान पार्टी र त्यसको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बइमानको संज्ञा दिएका छन् । माओवादी जंगलमा हुँदा पहिचान, मधेश, जनजाती, दलितको अधिकारको कुरा गथ्र्यो तर संसदीय व्यवस्थामा आएपछि सबै मुद्दा विर्सेको उनको टिप्पणी छ ।

नेपालको मौलिक संस्कृति र परम्परालाई प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मासेको नेता महतोको आरोप छ । बाहुनले जनै राख्ने, टुप्पी पाल्ने नेपालको सभ्यता हो तर ओली प्रधानमन्त्री रहेको बेला होली वाइनलाई नेपालमा नेपाली सभ्यता मास्न भित्रियाएको आरोप लगाए । नेता महतोले नेकपा एमाले देशको सबैभन्दा बढी नश्लिय विभेद गर्ने पार्टी भएको आरोप लगाएका छन् । उनले एमालेले चरण विभद्, भेदभाव, घृणा गर्ने पार्टी भएको आरोप लगाएका छन् ।

नेता महतोले नेपाली कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भने पनि त्यसतो नभएको दाबी गरे । त्यसैगरी उनले जनमत नयाँ पार्टी भएको तर विचार नभएको बताए । रास्वपालाई पार्टी नयाँ भएपनि विचार पूरानो भएको टिप्पणी गरे । नेता महतोले देश संघीयतामा गएपनि अहिले पनि केन्द्रले नै शासन गरिरहेको बताए । प्रदेश बनाइएपनि कुनै पनि अधिकार नदिएर प्रदेशलाई बदनाम बनाएको बताए ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button