एउटै पालिकामा तेहर्याएर किन आउँछन् उपसचिव ?

[mashshare]

मधेशदृष्टि
रौतहट ।
लामो समयको विवादपछि निकास पाएको फतुवा बिजयपुर नगरपालिकामा तेस्रोपटक प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव सुरेन्द्र प्रधान फेरि हाजिर भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट दुई दिनअघि चिट्ठी पाएका उपसचिव प्रधान बिहीबार बिहानै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका हुन् ।

प्रधानलाई केही वडा अध्यक्ष तथा केही राजनीतिक दलका नेताले स्वागत गरेका थिए तर उनी हाजिर हुने समय कार्यबाहक मेयर अम्बेया खातुन अनुपस्थित थिइन् । मेयरका श्रीमान महमद सेराजले नेपाली कांग्रेसका केही नेताले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कोठाको ताल्चा फोडेर प्रधानलाई हाजिर गराएको बताए । मेयरसँग बिनासल्लाह नेताहरुले चलखेल गरेर प्रमुख प्रशासकीय अधिकृत वकिल पालका ठाउँमा जबर्जस्त प्रधानलाई ल्याएको सेराजको भनाई छ । कुनै पनि अवस्थामा प्रधानलाई स्वीकार नगर्ने उनको भनाई छ ।

बिहीबार बिहान फतुवा बिजयपुरमा दुईजना प्रमुख प्रशासकीय अधिकृत एकैपटक हाजिर हुन गएपछि केही समय विवाद भएको थियो । इलाका प्रहरी कार्यालय बिजयपुरबाट गएको टोलीले विवाद साम्य पारेको थियो । प्रधान यसअघि बजेटको सिलिङ बाँडफाँडमा विवादित बनेका थिए । यसपटक पनि उनी सबैको रोजाइको हाकिम बन्न सकेका छैनन् । बजेट निर्माणका बेला विवादको घेरामा परेर उनी तेस्रोपटक किन फेरि आए या ल्याइयो, चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button