नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेश सभाको बैठकले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र लोसपाकी रानीकुमारी तिवारीले आफ्नो संशोधन फिर्ता लिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै लोसपाका उपेन्द्र महतोले अहिले माछा उत्पादक किसानलाई समस्या भइरहेको भन्दै पहिला उनीहरुलाई कृषिमिटर दिने गरिएकामा उद्योगी मिटर दिने गरिएकाले माछा उत्पादनमा लागत बढेको बताए । उनले यस विषयमा प्रदेश सरकारले गम्भीरता देखाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका राम सरोज यादवले धेरै महत्वाकांक्षी नीति तथा कार्यक्रम रहेको बताउँदै यसअनुसार बजेट आउने सम्भावना निकै कम रहेको बताए । उनले महेन्द्र नारायण निधि आवास योजनालाई सरकारले नियतवश छाडेको आरोप लगाए । यादवले नीति तथा कार्यक्रममा मुलुकको प्रजातान्त्रिक इतिहासमा योगदान दिनेहरुलाई सम्मान गर्नुपर्ने सरकारको दायित्व रहेको बताए । जनमत पार्टीका संजयकुमार यादवले सरकारले ल्याएको नीति कार्यक्रम मधेशको जनताको समस्या सम्बोधन गर्नतर्फ अग्रसर रहेको देखिएको बताए । उनले सरकारले रोजगारलाई विशेष ध्यान दिएको कारण यो महत्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य, शिक्षा र सुधारलाई सरकारले विशेष ध्यान दिएर अगाडि बढनुपर्नेमा जोड दिए ।

नेकपा एमालेका लखन दास तत्माले मधेश प्रदेशको चौतर्फी विकासका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम एक प्रकारले लाइफलाइन रहेको बताए । उनले सरकारले भूमिगत सिँचाइको योजना ल्याए पनि पानीको रिचार्जको विषयमा सरकार मौन देखिएको र त्यसलाई समेत नीति तथा कार्यक्रमा थप्नुपर्नेमा जोड दिए ।

लोसपाकी रानी शर्माले महेन्द्रनारायण निधिको नाम हटाएर मनमोहन अधिकारीको नाम राखिएको र सरकार परिवर्तन हुँदा नेताहरुका नाममा समेत योजना परिवर्तन हुने गरिनु गलत रहेको बताइन् । उनले हरेक नेताले विकास र समृद्धिमा योगदान पु¥याएका कारण हटाउने र राख्ने गलत परिपाटी रहेको बताइन् । जनमत पार्टीका चन्दन सिंहले सरकारले मधेश लगानी सम्मेलन आयोजना गर्न लागेको र यसले मधेशको आर्थिक विकासमा बल पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button