
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको मुख्य न्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार महतोलाई मुख्य न्यायधीवक्तामा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई नियुक्त गरिएको हो । धनुषा, सबैलाका महतो लामो समयदेखि वकालत पेसामा आबद्ध छन् ।
यसअघिका मुख्य न्यायधीवक्ता वीरेन्द्र ठाकुरले पदबाट राजीनामा दिएका छन् । जसपा नेपाल नेतृत्वको सरकार हटेपछि ठाकुरले राजीनामा दिएका हुन् ।






