उत्कृष्ट प्रधानाध्यापकको रुपमा मेहतलाई सम्मान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
‘प्रिन्सिपलस एशोसिएसन अफ नेपाल पर्साका अध्यक्ष एवम् शारदा मावि बहुअरी सुगौली वीरगंज–२४ का प्रधानाध्यापक विनोद मेहता मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरिएको छ । ‘प्रिन्सिपलस एशोसिएसन अफ नेपाल’ (पान) ले काठमाडौँको लाजिम्पाटमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा देशैभरका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरुको प्रथम राष्ट्रिय सम्मेलनमा प्राधानाध्यापक मेहता नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्राधानाध्यापक मेहताले सामुदायीक विद्यालय शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै पानले मधेश प्रदेश उत्कृष्ट प्रधानाध्यापको रुपमा नगद पुरस्कार राशि १० हजार रुपैयाँसहित सम्मान गरेकोसारदा माविका शिक्षक शनि दुबेले जानकारी दिए ।

सम्मानित भएका प्राधानाध्यापक प्रिन्सपल एशोसिएसन अफ नेपाल (पान) पर्साका अध्यक्ष समेत हुन् । पान केन्द्रिय समितिका सभापति सुदामा गौतमको अध्यक्षतामा शुरु भएको राष्ट्रिय सम्मेलन जेठ २८ सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button