८० किलो गाँजासहित दुई जना पक्राउ

[mashshare]

मधेशदृष्टि
बारा ।
बाराको जितपुरसिमराबाट करिब ८० किलो अवैध लागु औषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित सडकबाट अवैध लागु औषध गाँजासहित दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुर राक्सीराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button