जनमत सरकारमा धनुषा उपेक्षित

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
सतिशकुमार सिंह नेतृत्वको सरकारमा पनि धनुषा उपेक्षित भएको छ । जनमत पार्टीका सतिशकुमार सिंहको नेतृत्वमा शुक्रबार गठन भएको मधेश प्रदेश सरकारमा धनुषा जिल्लाबाट कोही अटाएनन् । जनमतसहित ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले आफ्नो मन्त्रिमण्डलमा धनुषाबाट कसैलाई राखेको छैन् । १५ सदस्यीय मन्त्रिपरिषद्मा वन तथा वातारणबाहेक सबै मन्त्रालयमा शुक्रबार नै मन्त्री नियुक्त भएका छन् । सिंह नेतृत्वको मन्त्रिपरिषद्मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी पार्टीले पनि धनुषाबाट कसैको नाम सिफारिस गरेको छैन् ।

यसअघि सरोजकुमार यादव नेतृत्वको सरकारमा पनि अघिल्लो समय धनुषा उपेक्षित भएको थियो । माओवादी केन्द्रबाट धनुषाकी सुनिता यादव मन्त्री भएकी थिइन् । तर, माओवादीले यादवलाई फिर्ता बोलाएर युवराज भट्टराईलाई पठाएको थियो । हाल धनुषामा नेकपा एमालेबाट चार जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने समानुपातिकतर्फ पनि एमालेले धनुषालाई ठाउँ दिएको छ । एकीकृत समाजवादी र माओवादीबाट प्रत्यक्षतर्पm सांसद नभएपनि समानुपातिक सांसद रहेका छन् ।

नेकपा एमाले २०७९ को आमचुनावपछि तेश्रो पटक सरकारमा सहभागी भएपनि धनुषाका सांसदलाई मन्त्रीको लागि सिफारिस गरेको छैन । सिंह नेतृत्वको सरकारमा पनि धनुषाबाट नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, पूर्व प्रमुख सचेतक लखन दास मन्त्री बन्ने रेसमा अगाडि थिए । तर, अन्तिम समयमा उनीहरु पछाडि परेका छन् । दुवै जना महासेठ पक्षमा रहेकाले मन्त्रीमा सिफारिस नगरिएको एमालेका एक नेताले बताए । यसअघि पनि उनीहरुको नाम अगाडि आएपनि सिफारिसमा भने पर्न सकेको थिएन् ।

मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको एमालेले जनमत नेतृत्वको सरकारमा धनुषालाई पनि स्थान दिने अपेक्षा गरिएको थियो । तर यसपटक पनि धनुषा उपेक्षित भएको हो । यसअघि बाराका सरोजकुमार यादव मुख्यमन्त्री रहेका थिए भने नवगठिन मन्त्रिमण्डलमा बाराका प्रदेश सभा सदस्यहरुले स्थान पाएका छैनन् ।

मधेश सरकारका मन्त्रीहरु
मुख्यमन्त्री–सतिश कुमार सिंह (सप्तरी)
भौतिक पूर्वाधार विकास मन्त्री–सरोजकुमार यादव (महोत्तरी)
अर्थमन्त्री–भरतप्रसाद साह (महोत्तरी)
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री– गोविन्दबहादुर न्यौपाने (सप्तरी)
उद्योग, वाणिज्य र पर्यटन मन्त्री–युवराज भट्टराई (सप्तरी)
स्वास्थ्य तथा जनसंख्या मन्त्री–सत्रुधन सिंह कोइरी (सिरहा)
शिक्षा तथा संस्कृति मन्त्री–राजकुमार लेखी (सप्तरी)
खेलकुद तथा समाज कल्याण मन्त्री– प्रमोद जयसवाल (पर्सा)
ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री– बेंची लुङेली (सर्लाही)
गृह, सञ्चार तथा कानुन मन्त्री– विमला अन्सारी तरुन्नुम (सर्लाही)
श्रम तथा यातायात मन्त्री– उर्मिलादेवी सिंह (सर्लाही)
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री– शारदा थापा (महोत्तरी)
शिक्षा तथा संस्कृती राज्यमन्त्री– केशव राय (रौतहट)
विना विभागीय राज्यमन्त्री–रञ्जु खंग (सप्तरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button