केपी–प्रचण्डले मागे मधेशमा माधवको साथ

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
मधेश सरकार निर्माणमा सत्ता गठबन्धनका प्रमुख तीन वाम दलबीच शुक्रबार काठमाडौँमा छलफल भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेर छलफलका लागि समय मागेपछि शुक्रबार दुई नेतासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भेटमा सरिक भएका थिए ।

सिंहदरबारमा भएको भेटमा नेता नेपालसँग ओली र दाहालले ’मिलेर जाउँ’ भनेका थिए । नेता नेपालले आफूहरु गठबन्धनमा रहेको, गठबन्धनबाट कुनै पनि बेला उपेन्द्र यादवजस्तै मिल्काइन्छ भनेर सत्तापक्षले हल्ला चलाएको, आफ्नो भूगोलमा जनमतलाई मुख्यमन्त्री दिने विषयमा छलफल नगरिएको, सुदूरपश्चिम सरकारमा एमालेले मन्त्री नपठाएको विषय उठाएका थिए । गठबन्धन र आन्दोलनमै रहेका, मोर्चाको ५४ सिटका साझेदार उपेन्द्र यादवलाई पार्टी फुटाउने र निकाल्ने काम गलत भएको नेपालले सुनाए । उनले भने, ’अध्यादेश ल्याएर नेकपा एस पनि फटाउँदैछ र सरकारबाट हटाउँदैछ भन्ने हल्ला चलाउँदा केन्द्र र प्रदेशमा उपेन्द्र यादवसँग गठबन्धन रहँदा किन त्रसित भएको ?’

नेपालको कुरा सुनेपछि ओलीले भने, ’यति धेरै अविश्वास ?’ चितवनको कार्यक्रममा जानु पर्ने हतारोमा रहेका प्रधानमन्त्री प्रचण्डले भने एकसाथ जान, मिलेर जान नै अपिल दोहोर्याएका थिए । मधेशमा पनि नेकपा एस जता जान्छ, उसैको सरकार बन्ने भएकाले प्रधानमन्त्रीले जनमत गठबन्धनलाई साथ दिन आग्रह गरेका थिए । जसपा नेपालका सांसद फुटेर आउछन् भनेर शुरुमा एकवचन नसोधिएको नेकपा एसलाई दुई नेताले जनमतको मुख्यमन्त्रीलाई साथ मागेका थिए । माधव नेपाललाई उपेन्द्रको साथ छुटाउन ओली र दाहालले अनेक विषय उठाएका थिए । एउटै पार्टीका मुख्यमन्त्री ६ वर्षसम्म हुँदा मधेशमा विकास नभएको बताइएको थियो । जवाफमा नेपालले भनेका थिए, ’केकेमा सहमति गर्ने खाका पाउँ, तपाईंहरुको पार्टीजस्तो एकल निर्णयमा जाने आफ्नो पार्टी नभएकाले पार्टीमा निर्णय गरेर मात्र जानेछौँ ।’

प्रधानमन्त्री दाहालले आफू चितवन जान परेकाले आइतबार फेरि तीन नेताबीच छलफल गर्ने सहमति भएको छ । नेपालले शुक्रबार आफू निकट पत्रकारहरुँग यो विषय साझा गरेका थिए । आइतबार नेकपा एसले पार्टी महाधिवेशनबारे दिउँसो १ बजे पत्रकार सम्मेलन राखेको छ । तीन नेताको भेटको समय तय भइसकेको छैन । जसपा नेपाल विभाजनमा अदालतले बिलम्ब गर्दा र कांग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुर बोलाएर छलफल गरेपछि ओली र दाहालले नेपालसँग सहयोग मागेका हुन् ।

जनमत र सिके राउतसँगै मधेश सरकारमा जनमत नेतृत्वबारे नेकपा एसले कुनै धारणा बनाएको छैन । जनमतले पनि नेकपा एससँग छलफल चलाएको छैन । केन्द्रमा रवि लामिछाने बोकेजस्तै मधेशमा उपेन्द्र यादवको विकल्पमा सिके राउत रोज्ने प्रचण्ड–ओलीको सहमतिमा नेकपा एससँग कुनै छलफल भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button