मधेशको पहिचान मेटाउन जसपा नेपालविरुद्ध षडयन्त्र भयो : राउत

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी नेपालको वीरगंजमा क्षेत्रिय भेला सम्पन्न गरेको छ । जसपा नेपाल पर्सा क्षेत्र नम्बर १ द्वारा बुधबार आयोजित क्षेत्रिय भेलाको मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका थिए । मधेश र मधेशीको पहिचान बनेको जसपा नेपाललाई कमजोर बनाउने षडयन्त्र भईरहेको बताए ।

उनले पार्टी अध्यक्ष मुलुक बाहिर गएको बेला केही अराजक तत्वहरुले पद र कुर्सीका लागि पार्टीलाई फोडेर गए पनि यसले कुनै फरक नपर्ने दाबी गरे । आगामी जेठ २७ र २८ र २९ गते जनकपुरमा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रभावकारी रुपमा सम्पन्न गर्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

जसपा नेपालका क्षेत्रिय अध्यक्ष घनश्याम गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय राजनीतिक समितिका सदस्य सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, रेखा साह, जिल्ला अध्यक्ष रामनरेश यादव, उपाध्यक्ष अजय चौरसिया, पार्टीका मधेश प्रदेश अनुशासन आयोगका अध्यक्ष महाराजा यादव, वृजमोहन तिवारी, मदन चौहान, प्रकाश वैठा, दिपक यादव, वीरगंज महानगरपालिकाका वडा नम्बर १ का अध्यक्ष मनोज कुर्मी, १४ का महबुब इलाही, २५ का आशुतोष चतुर्वेदी, ८ का रितेश गुप्ता, १६ का पशुराम चौरसिया, समाजवादी विद्यार्थी संगठनका आमोद यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button