१ अर्ब ५९ करोड रुपैयाँ बेरुजु

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेश सरकारको बेरुजु घटाउने भने पनि घट्न सकेको छैन । यो वर्ष पनि मधेश प्रदेश सरकारमा बेरुजु बढेको छ । थोरै कार्यालयहरु मात्र बेरुजु नराख्नेमा परेका छन् । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयका सहसचिव एवम् मधेश प्रदेश प्रमुख श्यामप्रसाद भण्डारीले बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएको छैँठौ वार्षिक प्रतिवेदनमा प्रदेशमातहत १ सय ३५ सरकारी कार्यालयको लेखापरीक्षणमा १ अर्ब ५९ करोड १६ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

महालेखाको छैँठौ प्रतिवेदनअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा १४ अर्ब ३६ करोड ७४ लाख १७ हजार रुपैयाँ लेखापरीक्षणमा ४४.५२ प्रतिशत बेरुजु देखिएको छ । असुल गर्नुपर्ने ४ करोड ५२ लाख ९९ हजार, नियमित गर्नुपर्ने ३८ करोड ९७ लाख ६० हजार र पेश्की बाँकी ३९ करोड ३ लाख ८६ हजार रुपैयाँ देखिएको छ ।

यस्तै, दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेरुजु छ । मुख्यमन्त्री कार्यालयमा २४.०६ प्रतिशत बेरुजु छ । ७६ करोड ३० लाख १४ हजार रुपैयाँको लेखापरीक्षणमा ७ लाख ९८ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने, ४४ करोड ५२ लाख ९७ हजार रुपैयाँ नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सामाजिक विकास मन्त्रालयको ७ अर्ब ५९ करोड २३ लाख १५ हजार रुपैयाँको लेखापरीक्षणमा ६.४९ प्रतिशत बेरुजु अर्थात् ९८ लाख ५९ हजार रुपैयाँ असुल उपर, ७ करोड ९२ लाख ९० हजार रुपैयाँ नियमित गर्नुपर्ने पाइएको छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको ३.९३ प्रतिशत बेरुजु छ । मन्त्रालयको २ अर्ब ९४ करोड ७३ लाख ८९ हजार रुपैयाँको लेखापरीक्षणमा १४ लाख ८ हजार रुपैयाँ असुल उपर, ६ करोड ७८ लाख ३४ हजार रुपैयाँ नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अन्य मन्त्रालय तथा निकायको २० अर्ब ९२ करोड ३६ लाख ६९ हजार रुपैयाँको लेखापरीक्षणमा १.६३ प्रतिशत बेरुजु देखिएको छ । १ करोड १९ लाख ५४ हजार रुपैयाँ असुल उपर, ३२ करोड २० लाख ९३ हजार रुपैयाँ नियमित गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सभा सचिवालयमा भने बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्रदेश सरकारमातहत रहेको कार्यालयहरुमध्ये १७ वटा कार्यालयमा बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button