पर्सामा आजबाट खोप अभियान शुरु

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्सा जिल्लामा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनको तयारी पूरा भएको छ । यही ज्येष्ठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ अभियानको पहिलो चरण तयारी पूरा भएको हो । स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको आइपीभी खोप अभियान २०१ बारे अभिमुखिकरण गोष्ठीमा यसबारे जानकारी गराएको हो । जिल्लामा राष्ट्रिय खोप अभियान–२०१ दुई चरणमा हुने जनाइएको छ । कार्यालयका अनुसार यो खोप लगाउने उमेर समूहका ३१ हजार १२ जना बालबालिका छन् ।

स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले पर्सामा पहिलो चरण अन्र्तगत १५ हजार ९५ जना बालबालिकालाई आइपीभीविरुद्धको खोप लगाइने जानकारी दिए । पहिलो चरण अन्र्तगत ज्येष्ठ १३ गतेदेखि ज्येष्ठ १६ गतेसम्म वीरगंज महानगरपालिकाका वडा नम्बर १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, पकहामैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, ठोरी गाउँपालिका र कालिकामाई गाउँपालिका गरी जम्मा ८ पालिकामा बालबालिकालाई यो खोप अभियान लगाइने कार्यालयले जनाएको छ ।

त्यसैगरी दोस्रो चरण अन्र्तगत ज्येष्ठ २३ गतेदेखि २६ गतेसम्म १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाइनेछ । दोस्रो चरणमा वीरगंज महानगरका १७ नम्बर वडादेखि ३२ नम्बरसहित पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका गरी ७ पालिकाका बालबालिकालाई पोलियो खोप लगाउने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button