सिमा गुप्ताको नेतृत्वमा नेता कार्यकर्ता जनमत पार्टी प्रवेश

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
पर्सा जिल्ला एक सयभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्सा जिल्लाकी प्रभावशाली महिला नेतृ सिमा गुप्ताको नेतृत्वमा एक सयभन्दा बढी युवाहरुले जनमत पार्टी प्रवेश गरेका हुन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतको हातबाट सदस्यता प्राप्त गरि गुप्तासहित अन्य व्यक्तिहरु पार्टीमा आबद्ध भएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । अध्यक्ष सरार्फको विशेष पहलमा सम्पन्न भएको उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश समन्वय समितिका राष्ट्रिय संयोजक माधव सिंह, केन्द्रीय सदस्य विध्यालाल प्रसादलगायत अन्य नेताहरुको सहभागिता रहेको थियो ।

नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा जनमत पार्टी मात्रै रहेकोले दाबी गर्दै अध्यक्ष सरार्फले जनमत पार्टीलाई पर्सा जिल्लामा एक नम्बरको पार्टी बनाउने उदेश्यका साथ संगठन बिस्तार एवं पार्टी प्रवेशको कार्यक्रम निरन्तर जारी रहेको बताए । निःस्वार्थ र वौद्धिक नेतृत्व, उत्कृष्ट भिजन तथा जनमैत्री नीति भएको जनमत पार्टीमा प्रवेश गरेको नवप्रवेशी नेतृ सिमा गुप्ताले बताइन् । आफू र आफ्नो सम्पूर्ण समर्थकहरु जनमत पार्टी र जनताको सेवाको लागि सधै लागिरहने उनको भनाइ थियो ।
जनमत पार्टी प्रवेश गर्ने अन्य नव प्रवेसीहरुमा मनु पटेल, अजय कलवार, बसिस्ट पण्डित, मनिता मिश्रा, विजय साह सोनार, संजय प्रसाद कलवार, सन्दीप कलवार, मिथिलेस सिंह, अखिलेस सिंह, गणेश सहनी लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button