भारतीय प्रहरीद्वारा रकमसहित दुई पक्राउ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
भारतीय प्रहरीले ३४ लाख भारतीय र ६० लाख नेपाली रुपैयाँ बरामद गरेको छ । भारत–नेपाल सीमा रक्सौलको नागारोड वडा नम्बर ११ बाट प्रहरीले करिब ७१ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको मोतिहारीका एसपी कन्तेशकुमार मिश्रले बताए । प्राप्त गोप्य सूचनामा आधारमा मोतिहारी प्रहरीले ठूलो कारबाही गरेको हो ।

बिहार पुलिस लोकसभा चुनावका लागि सक्रिय छ । प्रहरीले निरन्तर कडा निरीक्षण अभियान चलाइरहेको छ । यसैको फलस्वरुप मोतिहारी प्रहरीले ठूलो सफलता हात पारेको हो । प्रहरीले पैसा गणना गर्ने मेसिन पनि बरामद गरेको छ । प्रहरीले यस घटनामा दुई जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । कारबाहीमा प्रहरीले रक्सौलस्थित एक व्यक्तिको घरमा छापा मारेर रुपैयाँ बरामद गरेको हो ।

सोधपुछक्रममा यति ठूलो रकमको कुनै ठोस प्रमाण व्यक्तिले नदिएको प्रहरीको भनाई छ । प्रहरीको छापामारी निरन्तर जारी छ । पूर्वी चम्पारण जिल्लाका एसपी कन्तेशकुमार मिश्रले नगद बरामद भएको पुष्टि गर्दै यस घटनामा पक्राउ परेका व्यक्तिसँग सोधपुछ जारी रहेकाले रकम बढ्नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button