सुरक्षागार्डको हत्यामा संलग्न पक्राउ

[mashshare]

मधेशदृष्टि
राजविराज ।
सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित नेपाल बैंकमा कार्यरत सुरक्षागार्ड पर्शुराम फुँयालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन मार्फत बैकको फत्तेपुर शाखामा कार्यरत सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी हत्या फरार रहेका सप्तकोशी नगरपालिका वडा नम्बर .५ वस्ने ३२ वर्षीय चन्द्र बहादुर सुवेदीलाई सार्वजनिक गरेको हो ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर १ लोथर बाट प्रहरीले शनिबार उनलाई पक्राउ गरी सप्तरी ल्याएको थियो । वैशाख २७ गते बैंकको शाखामा लुटपाट गर्ने उद्देश्यले बैंक भित्र प्रवेश गरी सुरक्षार्थ रहेका सुरक्षा गार्ड ५५ वर्षीय फुँयाललाई खुकुरीले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । हत्यामा संलग्न उनकै नातेदार भित्र रहेका सुवेदी सुरक्षागार्डको हत्या गरी लुकी छिपी चितवनको राप्ती नगरपालिका –१ लोथरमा बस्दै आएका थिए ।

सुवेदीले २७ वैशाखको बिहान करिव साढे ३ बजे खुकुरीले हानेर फुँयालको हत्या गरेको बैंकको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको तालिम प्राप्त कुकुरसहितको प्राविधिक सहयोग र अनुसन्धान टोली तथा जिल्ला प्रहरी कार्यालय सप्तरी समेतको सयुक्त अनुसन्धान टोलीले बैंकमा रहेको सिसिटिभी फुटेजको अध्ययन विश्लेशन गरी घटनामा संलग्न रहेका सुवेदीलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पक्राउ परेका सुवेदीका साथबाट घटनामा प्रयोग भएको खुकुरी, झोला, घटनाको समयमा लगाएको जुत्ता, पन्जा, सेन्डो, टोपी, सल, घटनमा प्रयोग भएको हेक्सो बलेड, रिन्च, पिलास, डोरी, रड र घटनास्थलमा प्रयोग गरेको काठ समेत बरामद गरेको छ । प्रहरीका अनुसार अभियुक्त सुवेदी सशस्त्र प्रहरीमा नौ वर्ष जागिर गरेर छोडेका थिए । बेरोजगारी र ऋणको चपेटामा रहेको उनले घट्ना भन्दा पाँच दिन अघि बैंकमा प्रवेश गरी लुटपाटको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । घट्नामा संलग्न अभियुक्तबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरीमा कार्यरत सुवेदीले ०७९ मै जागिरबाट राजीनामा दिएको पाईएको छ । स्थानीयका अनुसार ऋणमा चुर्लुम्मै डुबेका सुवेदीले पैसा फिर्ता गर्न नसकेपछि मानसिक रुपमा विछिप्त हुँदै गएका उनी घरमा बस्ने, झोक्राउने र छरछिमेकमा पनि खुलेर कुराकानी गर्न छोडेका थिए । उनले अर्को कुनै उपाय नदेखेपछि बैंक लुटेर ऋण तिर्ने योजना बनाएको हुनसक्ने प्रहरीको पनि अनुमान छ । तर, यो विषय अनुसन्धान गर्न बाँकी नै रहेको डीएसपी नेपालको भनाई छ । प्रहरीका अनुसार सुवेदी मृतक फुँयालका कान्छो ज्वाई तर्फका नातेदार (ज्वाईँ) हुन् ।

सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका फुयाल बिहीबार बिहान बैंकमै मृत फेला परेका थिए । नेपाली सेनाबाट सेवा निवृत्त भएपछि उनी विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनका श्रीमती २ छोरा र २ छोरी छन् । उनको शनिबार बिहान सप्तकोशी नगरपालिका–१ स्थित त्रियुगा आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button