जेष्ठ ३ गते जानकी जयन्ती मनाउने आजपाको निर्णय

[mashshare]

मधेशदृष्टि
रौतहट ।
आगामी जेष्ठको ३ गते भव्यताका साथ जानकी (सीता) जयन्ती मनाउने आम जनता पार्टी(आजपा)ले निर्णय गरेको छ । पूर्वमन्त्री तथा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आम जनता पार्टीको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले यही जेष्ठको ३ गते जानकी जयन्ती मनाउने निर्माण गरेको हो । माता जानकी (सीता)जयन्ती मनाऔं राष्ट्रिय विभूति सीता माताको सम्मान लगÞरौ भन्ने मुल नाराका साथ मनाउने निर्णय गरिएको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताएका छन् ।

केन्द्रीय मुख्यालय बसेको बैठकले जानकी जयन्ती मनाउने, भन्सारको लुटकारी प्रावधान विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने तथा कवाड व्यवसायीहरुको हित रक्षाको लागि विशेष अभियान संचालन गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी फतुवा विजयपुरको मेयर प्रत्याशी बिजय यादवले बताए । अध्यक्ष साहको सल्लाह अनुसार कटहरिया नगरपालिकाका तत्कालीन मेयर सियाराम कुशवाहाको कार्यकालमा २०७६ सालदेखि नेपालमै पहिलोपटक कटहरियाबाट नै सीता जयन्ती मनाउने सुरुआव भएको थियो । त्यसपछि प्रत्येक बर्ष जेष्ठ ३ गते माता सीताको जन्म अवसर पारेर सीता जयन्ती मनाउने गरिएको छ । आजपाले काठमाडौँ सहित जनकपुरधामका साथै मधेशका विभिन्न शहरमा जानकी जयन्ती भव्यरुपमा मनाउने निर्णय गरेको हो ।

आजपा काठमाडौँ उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवम् संविधानसभा सदस्य तिलक थापामगर लगायतको विशेष सहभागिता रहेको पार्टीका स्थायी कमिटी सदस्य रविन्द्र सिंहले जनाएका छन् ।

बैठकका बीचमा नेकपा (एमाले) परित्याग गरी मोरङ जिल्ला कमिटीका सदस्य एवम् एमाले निकटको निर्माण व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव केदार रिजाल, एमाले मोरङ जिल्ला कमिटी एवम् अनेमसंघका नेतृ सरस्वती खरेल रिजालले आजपा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष साहले राजनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गरे । आजपा प्रवेश गर्नेलाई पार्टीमा सम्मानजनक र उचित जिम्मेवारी दिइने वरिष्ठ उपाध्यक्ष थापामगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button