
महेश कठायत
बझाङ ।
उपनिर्वाचनका लागि मतदान सुरू भएको छ । बझाङ प्रदेशसभा (क) मा आज (शनिबार) बिहान ७ बजेदेखि मतदान सुरू भएको हो ।

६१ हजार ७४८ मतदाता रहेको बझाङ प्रदेशसभा (क) मा ९३ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन आयोगका अनुसार यहाँका ३२ मतदान केन्द्रलाई अतिसंवेदनशील, ३० मतदान केन्द्रलाई संवेदनशील र ३१ मतदान केन्द्रलाई सामान्य प्रकृतिको रुपमा राखेको छ ।
निर्वाचनका लागि ६ सय ५१ जना कर्मचारी र १ हजार २४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बझाङमा प्रदेशसभा सदस्यकाे रिक्त एक पदका लागि दलिय आधारमा एक महिलासहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।






