शैक्षिक सुधारको लागि आजपाले आन्दोलन गर्ने

[mashshare]

मधेशदृष्टि
रौतहट ।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको क्षेत्रिय भेला मंगलवार रौतहटको कटहरियामा सम्पन्न भएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को उक्त भेलाले आजपाको संगठन बिस्तारसंगै रौतहटको शैक्षिक सुधारका लागि निर्णायक संघर्ष गर्ने निर्णय गरेको छ ।

विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागि संघर्ष गर्ने तथा विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन भर्ना अभियान र निरक्षरता हटाउन साक्षरता अभियान सञ्चालन गर्ने लगायतका शैक्षिक सुधारका विभिन्न कार्यक्रमहरु तय गरेको छ ।

पार्टी अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्तामा कटहरिया स्थित तराई मधेश जनयुद्द सहिद प्रतिष्ठानको सभाहलमा सम्पन्न भेलामा पार्टी महासचिव मनोज यादव, पूर्व सांसद समिना हुसैन, जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, कटहरियाका पूर्व मेयर सियाराम कुशवाहा, आईटी आर्मीका नरेश तुरहा अन्जित कुशवाहा, लगायत नेता कार्यकर्ताको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button