
मधेशदृष्टि
रौतहट ।
रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुर एकीकृत दलित बस्तीमा भएको आगलागीबाट तीन वटा घरगोठ जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट हुनुका साथै चार वटा चौपायाको मृत्यु भएको छ । आगलागीबाट ब्रम्हदेव महरा चमार, जगदेव महरा चमार, रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको हुन् ।
घर गोठभित्र रहेका ग्यास सिलिन्डर, खाद्यान्न समग्री, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै चार वटा बाख्रा पनि मरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले जानकारी दिए । आगलागीबाट करिब पाँच लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
ति भएको आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटका १८ स्थानीय तह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रण गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ ।






